• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

यी हुन् काजिलाई फसाउने नेकपाकै नेता, थाहा पाउनुहोस भित्रि रहस्य !

काठमाडौं नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली–गलौज गर्ने चलन चलेकै छ ।

तर, सार्वजनिक अडियोरभिडियो अनुसार उहाँले आफू निकट दुई कार्यकर्ता कमानसिंह र सुसन बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो ।

यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले आफ्नो फेसबुक वालमा लेखेका पंक्ति हुन् यी ।

नेकपाकै केन्द्रीय सदस्य, पूर्वराजदूत कमानसिंह लामाको निधन र उनले निधनअघि आफ्नो फेसबुक वालमा लेखेका विषयलाई जोडेर टिकाटिप्पणी भइरहेको समयमा नेकपा कै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको अडियो÷भिडियो क्लिप सार्वजनिक गर्दै भइरहेका प्रचारवाजीलाई लिएर रिजालले यस्तो स्टाटस लेखेका हुन् ।

उनले प्रश्नसमेत गरेका छन्– शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरेजस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ ।

बिहानै पुगे प्रचण्डलाइ भेट्न

सामाजिक सञ्जालमा मात्र होइन, पार्टीभित्रै पनि उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ । अपारदर्शी आर्थिक चलखेलको आरोप लागेलगत्तै श्रेष्ठ शुक्रबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

उनले राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रचण्ड भेट्न पुगेका हुन् । यसै विषयमा कुराकानी गर्न श्रेष्ठले बिहीबार राति नै पूर्वजनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए ।

भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका थिए । बादलले आफूलाई मात्र नभएर पूर्वजनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीको भनाइ थियो ।

नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । अहिले नारायणकाजी पनि नैतिकताको विषयले परिबन्दमा परेका छन् ।

के भन्छन नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको बताए । मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन। त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन।

उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, उनले स्पष्ट पार्दै भने, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ। मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन।’

आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए। त्यो भिडीओले मेरो बारेमा केही भ्रम समेत पारेको छैन ।

प्रवक्ता श्रेष्ठ निकट एक नेताका अनुसार सिन्धुपाल्चोकमा याम्बालिङ हाइड्रो कमानसिंह आफैंले दर्ता गरेका थिए। तर परियोजना अघि बढ्न नसक्ने भएपछि लाइसेन्ससमेत खारेज हुने अवस्थामा पुगेको थियो। त्यसपछि लामाले सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएका थिए।

सुसनजी र उहाँको टिमले भोजपुरमा सानोतिनो हाइड्रो चलाएका छन्। हाइड्रोको अनुभव भएकाले मिलेर काम गर्न कमानजीले प्रस्ताव गर्नुभएको रहेछ,’ श्रेष्ठ निकट ती नेताले भने, ‘लामाले म बरबाद हुने अवस्थामा पुगेको र सात–आठ करोड रुपैयाँ डुब्ने अवस्थामा पुग्न लागेको भन्दै रोइकराइ गरेपछि सुसन र उहाँको टीमले कमानसिंहको अढाइ करोडको सेयर लिइदिएको हो ।

कमानले करिब तीन करोड ऋण चुक्ता गर्नुपर्ने समस्या देखाएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइदिएको स्रोतको प्रस्टीकरण छ ।

झन् चुलियो विवाद

नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चुलिएको संकट समाधानका निम्ति केन्द्रमा प्रयास जारी रहेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीइतर पक्षले पार्टीभित्र देखिएको संकट तल्लो तहमा लगेर ओलीलाई दबाब दिने रणनीति बनाएको छ ।

ओलीविरुद्ध समीकरण बनाएका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको टीमले सचिवालयमा पेश भएको प्रचण्डको दस्तावेज कुनै हालतमा फिर्ता नहुने बरू छलफल गरेर उचित निर्णय लिइने चेतावनी दिएका छन् ।

यही आलोकमा प्रचण्ड(नेपाल पक्षले प्रदेश र जिल्लास्तरीय भेला तीव्र बनाउँदै लगेको छ । केन्द्रमा ओलीसँग अन्तरविरोध बढेपछि प्रचण्ड(नेपाल पक्षले पार्टी फुट्ने हालतमा पनि तयारी रहनु भन्दै तल्लो तहसम्म गोप्य भेला र प्रशिक्षण दिएको हो।

शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.