पूर्वदेखि पश्चिम महाकाली सम्मका महिला बालबालिकाको अन्यायका बिरुद्ध आवाज उठाउदै आएको संस्था मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको संयोजकमा रुपन्देही शाखा अध्यक्ष लता खड्का खत्री मनोनीत भएकी छिन्।
संयोजक खडकालाई प्रदेश संयोजकको थप जिम्मेवारी दिएको मेचीमहाकाली बुहारी संयुक्त आवाज केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्बाले जानकारी दिइन्। बिहीबार मनोनीत पत्र सार्वजनिक गर्दै खड्कालाई रूपन्देही शाखाको जिम्मेवारीको मुल्यांकन गर्दै प्रदेशको संयोजक तोकिएको हो।
प्रदेश संयोजकको जिम्मेवारी पाएसँगै आफूले अझ ठूलो जिम्मेवारी थपिएको महसुष गरेको खड्काले बताइन्। समाजमा रहेका अन्याय र अत्याचारविरुद्ध सधै सक्रियताका साथ लाग्ने उनले प्रतिबद्धता जनाइन्। यो अभियानमा हरेक नागरिकले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरी साथ दिन समेत अपिल गरेकी गरिन्।
खड्काले समाजशास्त्र तथा स्वास्थ्य शिक्षामा स्नातकोत्तर गरेकी छन भने कानुन बिषयमा एल एल बी को पनि अध्ययन गरेकी छिन्। मेची महाकाली बुहारी संयुक्त आवाजको हाल सम्म ४१ जिल्ला समिति गठन गरिएको छ।यसैबिच मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीले अन्तर्राष्ट्रिय मानव अधिकार साथै लैङ्गिक हिंसाको १६ दिने अभियान समापनको अवसर पारेर दिप प्रज्वलन गरेको छ।
कुनै पनि नारीहरु हिंसामा नपरुन भन्ने मुल उद्देश्यका साथ दिप प्रज्वलन कार्यक्रम गरिएको संस्थाका सहसंयोजन धनु श्रेष्ठले बताइन्। कार्यक्रम लुम्बिनी प्रदेशका संयोजक लता खड्काले हिंसा बिरूद्दको अभियानमा मेचीमाहाकाली बुहारी संयुक्त आवाज निरन्तर लागिरहने बताइन्।
कार्यक्रममा सल्लाहकार मन्जु पराजुली साथै सह-सचिव इन्द्रा बिःक, सह-कोषाअध्यक्ष सरला नेपाललगायत सदस्यहरुको सहभागीता रहेको थियो। रुपन्देही सहसंयोजक धनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना गौडेलले गरेकी थिइन्।