• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

मलाई पनि विवाहको रहर जागिसक्यो (ज्योति मगर)


गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् ।

लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरसँग गरिएको कुराकानीको केही अंश ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?: ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ शोमा व्यस्त रहेको थिएँ । केही दिनभयो त्यहाँबाट बाहिरिएको छु । अब भने फुर्सद भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतियोगिताको उत्कृष्ट ५ मा पुगेर बाहिरिनु पर्दा कस्तो अनुभूति भयो ? :प्रतियोगिता जित्छु नै भनेर म सहभागी भएको थिएँ । प्रतियोगिता अगाडि बढ्दै जादा टप कम्पिडिसन पनि हुन थालेको थियो । त्यसका लागि पनि म तयार थिएँ । प्रतिस्पर्धा पनि गरेकै हो । तर, भोटिङले पनि यसमा प्रभाव पार्दाेरहेछ । मेरो भोटिङका संख्या कम भयो । आफुले त शतप्रतिशत दिँदादिदै भोटिङले असर गर्यो ।

प्रतियोगिताले चर्चा त धेरै दिलायो नि हैन र ? :कोरोना महामारिले गर्दा सबै क्षेत्र सेलाएको बेलामा प्रतियोगिताले धेरै चर्चा दिलायो । कोरोनाको यो समय पनि पुरै सदुपयोग भयो । प्रतियोगितामार्फत् सबैले मेरो फरक छवि पनि देख्न पाउनुभयो । यो प्रतिभा मैले देखाउने प्ल्याटफर्म अहिलेसम्म पाएको थिइनँ । भिडियोमार्फत् केही देखाउन कोसिस गर्दागर्दै पनि देखाउन पाएकी थिइनँ । त्यो मौका यसमा मिल्यो ।

बिग्रिएको छवि सुधार्न ज्योति प्रतियोगितामा सहभागी भएकी हो भन्ने आरोप पनि छ नि ?:प्रतियोगितामा भाग लिने समय यतातिर मैले केही सोचेको थिइनँ । फेरि दर्शकले मेरो भिन्न खालको छवि मनपराउनु हुन्छ भन्ने बुझेको पनि थिइनँ । अचानक यो सबै कुरो भैदियो । मेरो लागि यो राम्रो कुरा पनि हो ।

सिकाइको रुपमा कस्तो रह्यो प्रतियोगिता ?:मेरो विचारमा जीवनको हरेक पल एक किसिमको सिकाइ नै हो । अनुभूति मात्र फरक–फरक हुने हो । धेरै मिहिनेत, समयको महत्त्वलगायत बुझ्न सकेँ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तपाईंका गीतसंगीत बाहिर नआएको धेरै समय भयो नि ?:हो । कोरोना कहरको सुरुका समय ४ महिना म गाउँमा गएर बसेँ । त्यसपछि फर्कदा तीजको गीतहरुको लहर चलिरहेको थियो । त्यसैले ४–५ वटा तीजको गीत गाए । त्यसपछि ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रतियोगीताको अभ्यास सुरु भयो ।

उत्कृष्ट ५ सम्म आइपुग्दा धेरै समय यसमा बितेको पत्तै भएन । अहिले बल्ल फ्री भएँ । अब, छिटोभन्दा छिटो श्रोता दर्शकले मेरो नयाँ गीतसंगीत पाउनु हुनेछ ।

देश विदेशका मेला, महोत्सव, स्टेज कार्यक्रममा सधैँ व्यस्त रहने तपाईं, कोरोनाको कहर र त्यसका कारणले सिर्जित लकडाउनका समय बिताउन गाह्रो त पक्कै भयो होला ? दिन त जसोतसो कटेको छ । रमाइलोसँग दिन काट्न भने पाइएको छैन । हामी विभिन्न कार्यक्रम, मेला महोत्सवमा जाँदा भिडभाडमा गीत गाउँदा हुने सन्तुष्टि, पारिश्रमिक बुझ्दा हुने सन्तुष्टिलगायत धेरै कुरो मिस भएको छ । गीत गाउन नपाएर ‘सिक’ भएकी छु अहिले । गीत गाउँदा पाउने सन्तुष्टि मैले नृत्य र अन्यबाट कहिलै पनि पाउदिनँ ।

व्यक्तिगत जीवनमा कोरोनाले के असर गर्यो ?:सिधा रुपमा आर्थिक असर भइहाल्यो । एउटा रफ्तारमा रहेको करियरमा पनि यसले एक किसिमको धक्का दियो । आर्थिक अवस्थामा असर पर्ने बितिक्कै हामीले खुलेर संगीतमा लगानी गर्न, चाँडो ल्याउन सक्दैनौँ । यस्तो माहोलमा बाहिरको गीत पनि कम हात पर्छ ।

हाम्रोभन्दा पनि कोरोनाले मजदुर वर्गमा पारेको असर देख्दा म मानसिक रुपमा झन् विक्षिप्त भएकी छु ।

कार्यक्रम तथा म्युजिक भिडियोमा देखिने तपाईंको खुल्लापनालाई मानिसले अश्लील, छाडा लगायत उपनामले सम्बोधन गर्ने गरेका छन् नि ?:सागर कति गहिरो छ भन्ने कुरो मानिसले त्यसमा हाम नफलेसम्म थाहा पाउन सक्दैन भने जस्तै हो यो । त्यो मेरो तर्फबाट एउटा मनोरञ्जनको पाटो हो । स्टेजमा डान्स गरेर गीत प्रस्तुत गर्दा जुन ड्रेसअप सहज हुन्छ । त्यो गर्ने हो मैले ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

साडी लगाएर प्रस्तुत हुने बित्तिकै मलाई असहज हुन्छ । असहज हुने बित्तिकै अरुलाई मनोरन्जन गराउन सक्दिनँ म । त्यो कुरा मलाई आरोप लगाउनेले बुझ्न नचाहनु भएको हो । यस्ता कुरामा मैले सबैलाई जवाफ दिएर पनि सक्दिनँ ।

गायिकाको रुपमा रहँदा राम्रो थियो ज्योति, म्युजिक भिडियो अभिनय गर्न थालेपछि बिग्रियो भनेर पनि भन्छन् ?:त्यो मानिहरुको हेर्ने नजर हो । जसरी पनि हेर्न सक्छन् । भिडियो अभिनय गर्नु भनेको मोडलिङ गर्नु हो । त्यसले मलाई प्लस गरेको हो । म सानैदेखि नाच्ने, ड्रामा गर्ने खालको थिएँ । यी सबै चिज मैले छोड्न नसकेको पनि त हो ।

विवाह पछि सुध्रिन्छ ज्योति भन्छन् नि ?:पहिलो कुरो म सुध्रिन्नँ । किनभने सुध्रिनका लागि बिग्रनु पर्छ । म बिग्रिएको छैन । मानिस जन्मदै एउटा नेचर लिएर जन्मिएको हुन्छ । त्यो उसले मरेर पनि लान्छ । यसलाई विवाहलगायत कुनै पनि समय र परिस्थितीले रोक्न सक्दैन ।

यो मेरो नेचर मसँग रही रहन्छ । म ५ गलत मानिसको कुरा सुन्ने भन्दा पनि एक सही मानिसको सङ्गत गर्ने गर्दछु । समय र परिस्थिति अनुसार भने चल्छु ।

फ्यानले विवाह कहिले हेर्न पाउने ? :अब त मलाई पनि विवाहको रहर जागिसक्यो । मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै रहर लागेको छ । मन मिल्दो, राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

कस्तो वरको चाहना हो ? :मुख्य कुरो आफ्नो खुटमा उभिएको हुनुपर्यो । सामाजिक हुनुपर्यो । व्यवहारिक पनि हुनुपर्यो । महिलालाई सम्मान गर्ने हुनुपर्यो । मेरो पेसा बुझेको हुनुपर्यो ।

चर्चा र सफलतालाई कसरी हेर्नु भएको छ ? :यो क्षणिक चिज हो । मुख्य कुरो मानिसको संघर्ष हो । जबसम्म मानिसमा श्वास चल्छ, तबसम्म संघर्ष जारी रहन्छ । हिजो चर्चित हुनका लागि संघर्ष थियो, आज चर्चित भएपछि पनि टिकिरहन त्यस्तै संघर्ष छ । भोलि फेरि अर्काे संघर्ष हुनेछ ।

नयाँ गीतसंगीत कहिले आउँछ ? गीतलगभग तयार छ । छिटोभन्दा छिटो ल्याउने तरखरमा छु ।

पछिल्लो समय लोकदोहोरीको अवस्था कस्तो देख्नुभएको छ : अहिलेको मेरो बुझाइ लोकदोहोरी क्षेत्र एकदमै धनी रहेछ । यसका लागि अहिले ८–१० लाखसम्म खर्च गरेर भिडियो बनाइरहेका छन् । अर्काे कुरो यसले कलाक्षेत्रका ७५ प्रतिशतभन्दा बढी मानिसलाई यतिबेला पालेको छ । हिजो चलचित्र गरेर ठीकै आम्दानी गर्ने कलाकारहरु अहिले भिडियो अभिनय गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । घर गाडी जोडेका छन्, सम्पन्न भएर हिँडेका छन् । लोकदोहोरी क्षेत्रको मानिसको मनपनि ठुलो छ । फाइदा नहेरेर पनि यो क्षेत्रकालगातार काम गरिरहेका छन् ।

बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.