देशभरिका उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा उद्योग बाणिज्य संघ बर्दघाट सुस्ता पुर्वका अध्यक्ष अमृत भट्टचनले उद्योग बाणिज्य महासंघको चुनावमा जिल्ला/नगर समुहको तर्फबाट खुल्ला केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेद्बारी दिएर बिजयी भएको खुसियालीमा आज जिल्ला महासंघ नवलपरासी बर्दघाट सुस्ता पुर्वले गैंडाकोटमा स्वागत कार्यक्रम सप्पन्न गरेको छ ।
“ब्यापार र पर्यटनमार्फत देशको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो उमेदवारी रहेको र अब को आफ्नो कार्यकाललाई सम्झन योग्य बनाउन आफू लागि पर्ने र आफुलाइ बिजयी बनाउन अमुल्य मत र साथ समर्थ अनि हौसला दिने सम्पुर्ण र जिल्लाभर बाट आफुलाइ प्रतिनिधित्व गर्ने अवसर दिने सम्बन्धित सबैलाई धन्यवाद दिन चाहान्छु” कार्यक्रमलाई सम्बोधन गर्दै भट्टचनले उपस्थित लाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा जिल्ला महासंघ नवलपुरका महासचिव छबि कंडेल लगाएत कार्यसमिति, उद्योगि, ब्यापारी, राजनीतिज्ञ,जनप्रतिनिधि र सर्वसाधारण को बाक्लो उपस्थिति रहेको थियो । उक्त स्वागत कार्यक्रम उद्योग बाणिज्य महासंघ बर्दघाट सुस्ता पुर्व को कार्यालय परिसर गैंडाकोटमा सम्पन्न भएको थियो । निर्वाचनमा बर्दघाट सुस्तापुर्व क्षेत्रबाट एकमात्र कार्यकारिणी केन्द्रीय सदस्य पदमा भट्टचन को उम्मेद्बारी रहेको थियो ।
महासङ्घको ५४ औँ वार्षिक साधारणसभाबाट बिजयि अमृत भट्टचनलाइ जिल्लामा भब्य स्वागत // Sweet Nepal