नेपाल – नेपाली संगीतको दृश्यमा आउने उत्कृष्ट रहेको जिल्ला ताप्लेजुङ । यस जिल्ला बाट नेपाली संगीत क्षेत्रमा थुप्रै चर्चित अनुहारहरू जन्मिएका छन् । जसले नेपाल मात्र हैन बिदेशमा पनि फरक पहिचान दिएका छन् । गायन देखी मोडल सम्म । उही जिल्लाकी चेली बहु प्रतिभाको धनि गायन क्षेत्रको पारखीको रुपमा वाल्यकाल देखि नै चिपरिचित गायिका रेजिका थापालाई जन्म दिने भाग्यमानी पिता रामकुमार थापा र माता दमयन्ता थापा हुँन।
रजिकाका पिता रामकुमार थापाको पुर्ख्यौली जन्मथलो भनेको नेपालको पुर्वि जिल्ला ताप्लेजुङको साविक खोक्लिङ गा.वि.स.वडा नं.६ हाल मिक्वाखोला गाउपालीका वडा नं.२ हो। उनको पिताको वाल्यकाल पनी उकाली उराली भन्ज्याङ चौतारी गर्दै लोक भाकाको सामिप्यमा रही हुर्केको कारण पनी छोरीमा पनी यो गायन क्षेत्रमा लगाव हुँने वाताबरण मिलेको हुँनु पर्छ।उनको पारिवारीक पृष्ठभुमीलाई हेर्ने हो भने संगित प्रति चासो राख्ने परिवार नै रहेको पाईन्छ।
पिता पेशाले कानुन ब्यवसायी रहेपनी गित संगितमा छोरा छोरीको प्रगतीहोस जसले समाजलाई खुसी सुखी राख्ने कुरामा सहयोग मिलोस भन्ने कामना गर्ने ब्यक्तित्व नै हुँनुहुन्छ।
गायक रेजिका थापाको वाल्यकाललाई हेर्ने हो भने हामी सबैको अध्ययनको विषय वस्तु नै बन्न सक्छ। उनको जन्म २०५४ सालमा भयो उनी हुर्कदै जाने क्रममा ३ बर्षको वाल्यकालमा नै छरछिमेक कसैको विवाह, पुजामा मादल, वासुरी बजेको सुन्ने वितिकै त्याहा जानु पर्ने, दशै,तिहार जस्ता चाड पर्वमा जान मन पराउने स्वाभाव थियो।
कार्यक्रममा जाँदा उनलाई भोक लागेको, तिर्खा लागेको अनुभब नगर्ने, एकोहोरो भएर गित संगित वाजा गाजामा नै मन जाने, नानी खाना खान जाँउ भन्दा अहिले होईन यो कार्यक्रम सकेर मात्र खाना खान जाने भनी उल्टै अभिभाबकलाई एकछीन पर्खनु भनी अनुरोध गर्ने र कार्यक्रम नसकी घरमा नै नआउने, सो कार्यक्रम हेरीसकेपछी गित गाउने, वाजा वजाउनेले देखाएको हाउभाउलाई जस्ताको तस्तै नल गरी देखाउने क्षमता उनको सानै उमेर देखी नै देखिन्थ्यो।