श्रीमती पक्राउ परेको समाचार बाहिरिए लगत्तै गण्डकी प्रदेश सभा सांसद दीपक मनाङेले सामाजिक संजाल मार्फत श्रीमतीले बदमासी गरेको थाहा पाएपछि आफुले पक्राएको प्रतिक्रिया दिएका छन् ।
चोरी तथा डाँका मुद्धामा श्रीमती दिछेन डोल्मा लामा पक्राउ परेपछि मनाङेले फेसबुकमा स्टाटस लेख्दै – “डेढ महिनादेखि आफुहरु अलग रहेको र बीचमा श्रीमतीले चोरी गरी बदमासी गरेको थाहा पाएपछि आफुले नै कास्की जिल्ला प्रशाशनलाई कारबाही गर्न माग गरेको बताएका हुन् ।
मनाङेले अगाडी लेखेका छन् – “सांसद भएपनि मेरो परिवारमा जो कोही होस् बदमास गरेपछि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । त्यसैले जो कोही नेताज्युहरुको परिवार वा ठूला-ठूला कर्मचारीहरुको परिवारहरुले बदमासी गरे पनि कडा कारबाही हुनुपर्छ भन्ने माग गर्दछु ।”
जिल्ला प्रहरी कार्यालय कास्कीको चोरी तथा डाँका मुद्धाको फरार सूचीको पत्र अनुसार आफ्नै कामले जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका बखत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।