पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्।