• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ७. घट्यो सुनचाँदीको मूल्य

  • ८. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ९. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • १०. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

परीक्षण नै नगरी अस्पतालले रिपोर्ट दियो भन्‍नु गलत : स्टार अस्पताल

ललितपुरको सानेपास्थित स्टार अस्पतालले विदेश जाने नेपालीहरुमा कोरोना भाइरसको पीसीआर परीक्षणमा कुनै पनि प्रकारको गडबड नगरिएको स्पष्ट पारेको छ ।

मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरी केही दिनयता विभिन्न सञ्चारमाध्यममा अस्पतालले पीसीआर परीक्षणको नक्कली रिपोर्ट दिने गरेको आरोपको खण्डन गर्दै नमुना संकलन गरेरमात्रै रिपोर्ट दिने गरेको बताएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमुनाहरु भण्डारण नगरेको भन्दै सोधेको २४ घण्टे स्पष्टिकरणको समेत बचाउ गरेको छ । अस्पताल निर्देशक डा. शैल रुपाखेतीले मन्त्रालयले स्पष्टिकरणमा उल्लेख गरे अनुसारको औपचारिक निर्देशक कहींकतैबाट पनि प्राप्त नभएका कारण अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा उल्लेख भएबमोजिम नेगेटिभ रिपोर्ट आएका नमुनाहरु ४८ घण्टासम्म मात्रै भण्डारण गरेर नष्ट गर्ने गरेको दाबी गरे ।

‘पीसीआर परीक्षणका नतिजा तथा रिपोर्टहरु मेसिनको डाटा क्लाउडमा सधैँ रहिरहने हुनाले पनि जुनसुकै बेला उक्त रिपोर्ट रुजु गर्न सकिन्छ,’उनले भने, ‘स्वाब नै नलिकन रिपोर्ट दिइयो भन्ने आरोप गलत हो ।’ उनका अनुसार नेपालबाट हङकङ गएपछि पोजिटिभ पाइएकामध्ये ३ जनाको नमुना गुणस्तर मापनका लागि प्रयोगशालाले भाग्यवश सुरक्षित राखेकाले सो नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा समेत नेगेटिभ रिपोर्ट नै आएको दाबी गरे ।

‘हामीसँग अहिले पनि त्यो ३ वटा नमुना सुरक्षित छ । जहाँ लगेर परीक्षण गर्ने भए पनि हामी दिन तयार छौं,’ उनले भने, ‘तर, मन्त्रालयले भने जस्तो नेगेटिभ आएका नमुना पनि एक महिना भण्डारण गर्नुपर्ने विषयमा हामीलाई औपचारिक रुपमा आधिरकारिक जानकारी छैन । त्यसो हो भने अब उप्रान्त हामी भण्डारण गर्छौं ।’

मन्त्रालयले भदौ ३१ गतेको कोभिड–१९ को पीसीआर परीक्षण गर्दा सबै प्रयोगशालाले नेगेटिभ रिपोर्ट आएको हकमा एक महिना र पोजिटिभ रिपोर्टको हकमा ३ महिनासम्म नमुना स्टोर गरी राख्नु पर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड–१९ को पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिले सम्बन्धित देशमा त्यहाँ पुनःपरीक्षण गर्दा पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले छानबिन गरेर स्पष्टिकरण सोधेको थियो ।

पत्रकार सम्मेलनमा स्टार अस्पतालले असार २९ गते स्वीकृति पाएपश्चात् हालसम्म ७८ हजार पीसीआर परीक्षण गरिसकेको जनाएको छ ।

मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.