नेपाल उद्योग बाणिज्य महासंघको चुनावको माहोल बढ्दै गएको छ । उमेद्वारहरु आफ्नो आफ्नो पक्षमा मत पार्न तिव्ररुपमा लागि परेका छन । नवलपुरको गैडाकोटबाट सफल व्यवसायी अमृत भट्टचनले केन्द्रीय सदस्यमा (खुल्ला) तर्फ उमेदवारी दर्ता गराउनुभएको छ ।
गैडाँकोट उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनुभएका भट्टचनले व्यवसायीहरुको हकहितका लागि आफुले केन्द्रीय सदस्यको रुपमा उमेद्वारी दर्ता गराएको उज्यालोलाई बताउनुभयो ।
सबै व्यवसायीहरुको साथ र सहयोगले निर्वाचनमा विजयी हुने अपेक्षा राखेको भन्दै उहाँले आफुलाई सबैको साथ र सहयोग रहेको बताउनुभयो । यहि मंसिर १, १२ र १३ गते हुन गैरहेको उद्योग बाणिज्य महासंघको साधारणसभा तथा अधिवेशनमा लोकप्रिय सफल युवा व्यवसायी भट्टचनले भारी मतले चुनाव जित्ने अपेक्षा गरिएको छ ।