• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, कार्तिक २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

अर्कीडका विद्यार्थीले बनाए जहाज, उड्यो आकाशमा


चितवन –भरतपुरमा रहेको अर्कीड स्कूलका विद्यार्थीहरुले जहाज बनाएर सफल उडान समेत गरेका छन् । उनीहरुले हिजो भरतपुरको यज्ञपुरीमा रहेको खाली मैदानबाट जहाज उडाएका हुन् ।

सधैँ विज्ञानको विषयमा लेखिने र आकाशमा देखिन जहाज आफै बनाएर उडाउन पाउँदा विद्यार्थीहरु दंग थिए । कक्षा १० का विद्यार्थीहरुले आफ्नो प्राक्टीकल अभ्यास र भरतपुरमै कार्यालय रहेको हिमालयन हाइ फ्लायर्सको सहयोगमा उनीहरुले जहाज बनाएर उडाएका थिए । उक्त अवसरमा चार वटा जहाज र एउटा ड्रोनको सफल परीक्षणपछि उडान गरिएको हो । जहाज र ड्रोनलाई रिमोट कन्ट्रोल मार्फत उडाइएको थियो । जसलाई आरसी प्लेन नाम दिइएको छ ।प्रविधिमैत्री विश्व भएपनि नेपालको पढाई सैद्धान्तिक ज्ञानमा सीमित हुँदा विकसीत प्रविधिको प्रयोग गरी निर्माण र संचालनमा देश धेरै पछाडि रहेको भन्दै संस्थानै स्थापना गरेको संस्थापकमध्येका एक निसान्त न्यौपानेले बताए । भरतपुर ७ का उनले कक्षा १२ सकाएका छन् ।

वाल्मिकी अध्ययन गरेका उनी सहित चार जना हिमालयनको संस्थापक छन् । उनी आफै,यासीमा अधिकारी, किरण सिलवाल,असीम पौडेल,आदित्यराज ढकाल,जसले नयाँ खोज अनुसन्धान र अन्वेषणको ज्ञान विद्यार्थीहरुलाई बाँडिरहेका छन् । साथमा व्यवसायीक पाइलटले पनि कार्यक्रममा साथ दिएका छन् । ड्रोनका लागि भने झापा देखि अनिल प्रधान आएका थिए । उनले उडान र निर्माण गर्न सिकाएका थिए । हिमाली भेगमा औषधी लगायतका सामाग्री पठाउन मिल्ने ड्रोन बनाएर उडाएका थिए ।


अव यसलाई अभियानै रुपमा लैजाने र विद्यालयसँग सहकार्य गरेर जहाज निर्माण र उडान तथा ड्रोनको निर्माण र संचालनवारे ज्ञान दिँदै जाने उनले बताए । भरतपुरमा पहिलो पटक अर्कीड विद्यालयसँग सहकार्य गरेर कार्यक्रम गरेको र सफल भएको उनको भनाई छ ।
अर्कीडका विद्यार्थीहरुलाई १० दिनको समय दिई आफूहरुपनि सँगै बसेर जहाज निर्माण गरेको उनको भनाई छ । जतिसुकै ठूलो जहाज भएपनि उड्न सहयोग पुर्याउने पछाडीको भागवारे बढी जानकारी दिइएको थियो । उनका अनुसार फिजिक्स,टेल र इलेक्ट्रोनिक्सवारे पूर्ण जानकारी दिएको बताए । उनले भने,“व्रसलेस मोडल,सर्भे मोटरहरु,इवो व्याट्री,ल्याण्डीङ गियर लगायत जहाज कसरी उड्छ र ल्याण्ड गर्छ भन्नेबारे व्यवहारिक ज्ञान दिन सफल भएका छौँ । ”

ड्रोनहरु भएपनि आरसी प्लेन उडाउने अभ्यास कमै भएको नेपालमा आफूहरुले यसको प्रविधि, निर्माण र उडानबारे थप ज्ञान दिँइदै हिँड्ने उनको भनाई छ। आफूलाई सानैदेखि यसप्रति आकर्षण रहेपनि ज्ञान दिने विशेषज्ञहरुको अभावले सोचे जस्तो गर्न नसकेपछि रोवोर्टीक्सवारे आफूहरुले अभियाननै चलाएको बताए ।

हिमालयन हाइ फ्लायर स्टीम प्रोगाम नाम दिएर तालिम चलाइएको थियो । विद्यार्थीहरुले स्थानीय ठाउँमै प्राप्त हुने सामाग्रीको संकलनबाट जहाज बनाएर उडाएका थिए ।अर्कीड स्कुलका विज्ञान शिक्षक निरज महतोले सैद्धान्ति शिक्षासँगै विद्यार्थीले व्यवहारिक ज्ञान पाएको बताए । यसले विद्यार्थीहरुमा अन्वेषण खोज गर्न थप उत्सुकता जगाएको बताए । अर्कीडकै अर्का विज्ञान शिक्षक विक्रम लम्सालले मोटर, कनेक्टीग वायर र फर्महरु, पेन्सीलको प्रयोग गरेर जहाज बनाइएको बताए । विद्यार्थी अभय भन्तना पनि तालिम लिएर जहाज उडाउन पाउँदा खुसी लागेको बताए । सुरुमा सफल हुँदैन की भन्ने लागेपनि अहिले भने अन्य साथीहरुलाई पनि सिकाउने सक्ने गरी अभ्यस्त भएको बताए । छात्रा प्रज्ञा काफ्लेले जहाज बनाउँदै उडाउँदासम्म जहाजवारे धेरै ज्ञान व्यवहारिक पक्षबाटै पाएको बताइन् ।

अर्कीडका सहप्राचार्य उमराज मैनालीले १४ घण्टाको अनवरत अभ्यासपछि विद्यार्थीले जहाज उडान सफल भएको बताए । अन्य विद्यालयले पनि विद्यार्थीहरुलाई नयाँ प्रविधि,अन्वेषण खोजवारे ज्ञान दिन आवश्यक भएको बताए । जिज्ञासु स्वभावका विद्यार्थीलाई व्यवहारिक ज्ञानदिन सके धेरै प्रविधिको विकास हुने विश्वास व्यक्त गरे ।



पछिल्लो समय मोवाइलमा व्यस्त हुने विद्यार्थीहरुलाई यी कार्यक्रमले मोवाइलमा पनि अन्वेषणमूलक भिडियो हेर्न प्रेरित गर्ने र सकारात्मक परिवर्तन ल्याउने बताए । कक्षा १० का १०७ जना विद्यार्थीलाई ओरिन्टेशन दिएर मात्रै वाँकी विद्यार्थी छनौट भएका थिए ।
कार्यक्रमका लागि अर्कीड विद्यालय छनौट गरेको भन्दै विद्यालयले संस्थालाई धन्यवाद सहित विदाई गरेको थियो ।

शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.