चितवन, असोज १८– चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडक खण्ड बन्द भएको छ ।
केही बेर अघि खसेको पहिरो हटाउन कम्तीमा तीन घण्टा लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । धादिङको जवाङ खोलाको पहिरो हटाएपछि चितवनतर्फ आउने सवारी साधनहरु संचालनमा आएका थिए ।



