• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’


राइनासकोट (लमजुङ) जेठः८-  पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

विसं २०७२ मा गएको भूकम्पबाट क्षति पुगेको राइनासकोटको गुरुङगाउँ पुनःनिर्माण गरेर घरबास (होमस्टे) सञ्चालन भएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो ।

राइनास होमस्टेबाट केही माथि रहेको राइनासकोटबाट देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत एक दर्जनभन्दा बढी हिमशृङ्खलाको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ ।

काठमाडौँबाट लमजुङको राइनासकोट पुग्नुभएका डा ज्योतिप्रसाद गजुरेलले यहाँको आतिथ्यता र ऐतिहासिक थलो राइनासकोट भ्रमणले आफूलाई आनन्द तुल्याएको बताउनुभयो । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका उहाँको बुझाइ छ ।

उक्त डाँडाबाट गोरखाको पर्यटकीयस्थल बारपाक, लाप्राक, भच्चेक, पालुङटार, सिरानकोट, गोरखाबजार, तनहुँको आँबुखैरनी, डुम्रेबजार, बन्दिपुर, दमौलीलगायत गाउँहरू सजिलै देख्न सकिन्छ । लमजुङको सदरमुकाम बेँसीसहर, भोटेवडार, सुन्दरबजार, भोर्लेटार, दुराडाँडा र पूर्वीलमजुङका अधिकांश भागसमेत उक्त डाँडाबाट आँखै अगाडि देख्न सकिन्छ । स्थानीयका अनुसार उक्त स्थानबाट १८ जिल्ला देख्न सकिन्छ ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थलले यहाँको गरिमा र महत्त्व चुलिएको छ ।

रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको स्थानीय बताउँछन् । इतिहास अनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि यशोब्रह्मका छोरा नरहरि शाहले थप सुदृढीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए ।

समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थल हो । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ ।

लमजुङको गुरुङबस्ती रहेको राइनासकोटका १७ घरमा होमस्टे सञ्चालन गरिएका छन् । यहाँ एक रातमा एक सय जनासम्म मानिस सजिलै बस्न सक्छन् । राइनासकोट सामुदायिक होमस्टेका व्यवस्थापक शम्भु गुरुङले शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या अन्य दिनको तुलनामा बढी हुने गरेको उल्लेख गर्नुभयो ।

“शुक्रबार र शनिबार ५० देखि एक सयजनाको सङ्ख्यामा होमस्टेमा बास बस्न आउनुहुन्छ । अरु दिन ५० देखि ८० को हाराहारीमा पर्यटक आउनुहुन्छ”, उहाँले भन्नुभयो ।

होमस्टेमा आएका पाहुनालाई जानेवित्तिकै वेलकम ड्रिङ्क्स, खाजा, रातिको स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको व्यवस्थापक गुरुङले बताउनुभयो । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यहाँ एकै खालका २० घर पुनःनिर्माण गरिएको छ । अमेरिकी नागरिक नतासाको सहयोगमा पुनःनिर्माण भएको उक्त ठाउँमा होमस्टे सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिएको उहाँको भनाइ छ ।

राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटको पर्यटनलाई थप विकास गर्नका लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताउनुभयो । “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरिएको छ । होमस्टे सञ्चालनसम्बन्धी तालिम प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो ।

मौरीपालन, कुखुरापालन र तरकारीखेतीको विकासलाई नगरपालिकाले प्राथमिकता दिएको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । केन्द्र र प्रदेश सरकारको सहयोगमा हाल राइनासकोटमा पार्कसमेत स्थापना गरिएको छ । उक्त कोटमा रहेको मन्दिरलाई पुनःनिर्माण, पुरातात्विक सम्पदाको संरक्षण, पार्क तथा बाटो निर्माणमा स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

राइनासकोटबाट प्याराग्लाइडिङसमेत गरिँदै आइएको छ । चैत–वैशाखमा फूल्ने लालिगुँरास, फल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको नगरप्रमुख गुरुङको भनाइ छ । “ग्रामीण जीवनशैली बुझ्न राइनास उपयुक्त छ । जहाँ खेतीपाती गरेको, ढिकी–जाँतो चलाएको, दूध दूहेको, मोही मोथेकोलगायत दृश्य देख्न सकिन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँबाट एक सय ५५ किलोमिटर टाढा रहेको लमजुङको प्रवेशद्धार पाउँदीबजारबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोटमा पछिल्लो समय काठमाडौँ, चितवन, पोखरालगायत सहरबाट मानिस घुम्न आउने गरेका छन् ।रासस

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.