• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, कार्तिक २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई ‘हनीट्रयाप’


काठमाडौं, माघ २६-  चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडांैको कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।

२८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । अनुसन्धान कार्यालयको पत्रको आधारमा काठमाडौँ प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिन खोजेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

करिब ४ महिनाअघि अस्मिता कुलेश्वर स्थित एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा जान्छिन् । त्यहाँ उनले राइसकुकर मर्मत गरिदिन भनिन् । राइसकुकर मर्मतकर्ताको फोन नम्बर लिइन्, कुरा गर्न थालिन् । अर्कोपटक उनी हटपट मर्मत गराउन गइन् । मर्मतकर्तासँग उनले ऋण सापट लिन थालिन् ।

सुरुमा चार–पाँच हजार ऋण लिएपछि उनले २ लाख रुपैयाँ मागिन् । पसल सञ्चालकले दुई लाख रुपैयाँ दिन आनाकानी गरेपछि उनलाई अस्मिताले ठमेलमा गएर सँगै खाजा खान आग्रह गर्छिन् । एकपटक उनीहरूले ठमेलमा गएर खाजा खाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काले बताए ।

अस्मिता जाल बिछ्याउँदै थिइन् । एकदिन उनले प्रस्ताव गरिन्, ‘सिनामंगल तिर एउटा होटलमा गएर बसौँ ।’ दुवैजना होटलमा पुग्छन् । होटलमा गएपछि अस्मिताले ‘रकम नदिए बलात्कार मुद्दामा फसाउँछु’ भनेपछि पुरुष छाँगाबाट खसेजस्तै भए । अस्मिताले पुरुषसँग १० लाख माग्न थालिन् ।

४ दिनसम्म पैसा नदिएपछि राइसकुकर मर्मतकर्ताको छोराको फेसबुक म्यासेन्जरमा म्यासेजर गरेर उनले भनिन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेको छ, प्रहरीकहाँ उजुरी लिएर जान्छु ।’

त्यसपछि मर्मतकर्ताको परिवारमा हल्ला फैलियो । उनी १० लाख दिन राजी भए । ३ लाखको चेक दिएर एक हप्तामा दिने सहमति गरे ।

घटनाबारे जानकारी पाएपछि अस्मितालाई ३ लाख चेक लिएको अवस्थामा चेकसहित पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले बताए ।

आरोपीको बयान : अस्ट्रेलिया जाने खर्च जुटाउन योजना बनाएँ

अस्मिताले अस्ट्रेलिया जाने खर्च जुटाउन मर्मतकर्तालाई हनीट्रयापमा पार्ने योजना बनाएको प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ, म पनि जाने तयारीमा थिएँ पैसाको खाँचो थियो ।’

हनीट्रयापलाई उनले खर्च जोहो गर्ने माध्यम बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न डीएसपी खड्काले बताए । अस्मिताले बिबिए सम्मको अध्ययन गरेकी छन् ।

काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने अस्मिताविरुद्ध प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.