• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

जनकपुर-जयनगर रेल सेवाको भाडा निर्धारण


दुई वर्षदेखि पटक-पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर-जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।

सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँ-ठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इन्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वामा रहेकाे नेपाली स्टेशनमा थन्क्याएर राखिएको छ । यसरी पटक-पटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भएर रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताउँछन् ।

जनकपुरधाममा रहेकाे रेल्वे स्टेशन रोडमा ल्यापटप मर्मत पसल सञ्चालन गर्दै आएका उमेश महतोले भन्नुभयो,’रेल सेवा सुरु भएपछि भारतबाट रिपेयर पार्ट ल्याउन सजिलो हुने हिसाबले स्टेशन रोडमा एक वर्षअघि पसल राखे तर अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । पटक-पटक तोकिएको मितिमा रेल सञ्चालन नभएसम्म विश्वास गर्न सकिँदैन ।’

लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लो पटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यही माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गर्नुभयो । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।

महाप्रबन्धक भट्टराईकाअनुसार आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् । उहाँले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

भट्टराईले भन्नुभयो,’प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जीटूजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्तरुप दिन यस प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।’

उहाँले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिनुभयो ।

उहाँले नेपालकातर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताउनुभयो । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उहाँले बताउनुभयो । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाउनुभयो ।

महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाकोसमेत मर्मतसम्भारको काम लगभग पूरा भइसकेको बताउनुभयो । उहाँले रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको बताउनुभयो । महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० सम्म तोकिएको छ ।

उहाँले प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको बताउनुभयो । महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिनुभयो । दुई वा दुईभन्दा बढी स्टेशनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उहाँले बताउनुभयो ।

कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ । जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको ठाउँमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ ।

स्टेशन र हल्ट भएका ठाउँमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताउनुभयो । जनकपुर–जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने बताउनुभयो ।

कर्मचारी विज्ञापनमा ३२ हजार आवेदन

रेल्वेको साइट इञ्चार्ज विनोद ओझाकाअनुसार मौखिक परीक्षाका माध्यमले नै करारमा छ महिनाका लागि कर्मचारी भर्ना गर्न आह्वान गरिएको विज्ञापनमा ३२ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

तर, लोकसेवाले नै कर्मचारी छनोट गर्ने जिम्मेवारी पाएपछि त्यो प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने भएकाले तत्काल भारतीय प्राविधिक कर्मचारी, सडक विभाग र रेल्वेका काम गरेका पुराना अनुभवी कर्मचारीकै सहयोग लिएर रेल सञ्चालनको तयारी भइरहेको ओझाले बताउनुभयो ।

उहाँले स्थायी कर्मचारीका लागि लोकसेवा आयोगले पुनः विज्ञापन गरे पनि अहिले करारका लागि आवेदन दिएकालाई पनि त्यस विज्ञापनमा समावेश गरिने बताउनुभयो । कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको रेल प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताइएको छ ।

एउटै इञ्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा बोगी (डब्बा)मा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चार वटा बोगीसम्म जोड्न सकिने इञ्जिनीयर ओझाले बताउनुभयो ।

शनिबार, पुष २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.