• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

एउटै बोकाको मूल्य ४ लाख


बागलुङ — एउटा बोकाको मूल्य कति पर्ला ? पक्कै तपाईंले भन्नुहुनेछ– केही हजार तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेको बताएका छन् । ‘मैले अझै केही समय पाल्ने भनेर दिइनँ,’ केसीले भने, ‘अर्को बोका किनेपछि साढे ४ लाख रुपैयाँ पाए मात्रै बेच्छु ।’ अस्ट्रेलियन बोयर जातको यो बोकाको तौल १ सय २० केजी छ । यो २८ महिनाको भयो ।

केसी पशु प्राविधिक पनि हुन् । मौरीपालन व्यवसायबाट तीन वर्षअघि बाख्रापालनलाई उनले व्यावसायिक बनाएका हुन् । उनको खोरमा अहिले पनि एक सय बाख्रा छन् । स्थानीय खरी जातका बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् । यो बोका ९० प्रतिशत क्रस बोका हो । यस्तो विधिले पाल्दा खरी जातको जस्तै घाँस खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने उनको अनुभव छ । केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यक्रममार्फत तालिम पाएपछि ३ लाख रुपैयाँ लगानीमा उनले दुई वटा बोका किनेर ल्याएका थिए । रायडाँडामा अहिले १७ बाख्रा फार्म छन् । तीमध्ये १० वटा खरी बाख्राका छन् भने सात वटा बोयरका हुन् । ‘बोयर जातको बाख्राका लागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन । त्यसैले अब नयाँ बोका ल्याउने योजना छ,’ उनले भने, ‘नयाँ बोका ल्याएपछि यो बेच्ने हो ।’ बोयर जातमा बाख्राले एकै पटक बोका खोज्छन् । त्यसैले कम्तीमा दुईदेखि तीन वटा ब्याडे बोका आवश्यक पर्ने उनले जानकारी दिए ।

रायडाँडामा पाँच वटा बाख्रापालन समूह छन् । तिनमा आबद्ध किसानका लागि केसीले प्राविधिक सहयोग गर्नुपर्छ । गत वर्ष मात्रै १५ लाख रुपैयाँको कारोबार भएको र त्यसबाट ५ लाख रुपैयाँ नाफा कमाउन सकेको केसीले बताए । वडा नम्बर ११ मा वार्षिक १ करोड बराबर बाख्राको कारोबार भएको उनले तथ्यांक छ । वडा कार्यालयका पशु प्राविधिकसमेत भएकाले उनले हरेक महिना बाख्रासहित पशुचौपायाको उत्पादनको तथ्यांक निकाल्छन् । व्यावसायिकबाहेक घरायसी उपयोगका लागि पनि प्रायः किसानले १० देखि २० वटा बाख्रा पालेका छन् । वडाभरि ३ हजार ३ सय बाख्रा रहेको उनले जानकारी दिए । भूगोलका कारण अन्य पेसा व्यवसाय सम्भव नभएको र बाख्रापालन एवं तरकारी खेतीमा नगरपालिकाको पनि लगानी केन्द्रित गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमको भनाइ छ ।

शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.