• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

बाहुनकी छोरी दलित महिला सदस्यमा विजयी


गुल्मी : उनी पोखरेल थर गरेकी (जैसी बाहुन) परिवारकी छोरी हुन्, जो यसपालीको स्थानीय तह निर्वाचनमा गुल्मीको एक नम्बर वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् ।

झट्ट सुन्दा जैसी ब्राह्मणकी छोरी दलित महिला सदस्यमा कसरी निर्वाचित भइन् भन्ने प्रश्न उब्जिएला । तर उनले यसअघि नै दलित महिला सदस्य हुने अधिकार प्राप्त गरेकी छन् ।

किनकि उनले दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी छन् । उनी हुन् गुल्मीको धुर्कोट गाउँपालिका– ६ धुरगाउँकी २१ वर्षीया मिना पोखरेल परियार ।

जसले २०७४ सालमा आफ्नै छिमेकी नारायण परियारसँग १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । त्यस वडामा उनीसहित दलित महिला सदस्यका लागि तीन जना महिलाहरुले उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उमेदवारका रुपमा मधु दर्जी । नेपाली कांग्रेसबाट पार्वती बिक र नेकपा माओवादी केन्द्रबाट उनै मिना पोखरेल परियार दलित महिला सदस्यका उमेदवार थिए ।

अन्तिम मत परिणम यस्तो आयो कि स्वतन्त्र उमेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्वी कांग्रेसकी पार्वती बिकले ४२६ मत ल्याइन् । माओवादीकी उनै मिना पोखरेल परियारले भने ८९९ मत प्राप्त गरिन् । अर्थात् कांग्रेसकी बिकलाई पोखरेल परियारले दोब्बर भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन् । उनले बिकलाई ४७३ मतले पराजित गरेकी हुन् ।

यसरी त्यस वडामा सबैभन्दा पपुलर मतले विजयी भएकी मिना पोखरेल परियार भन्छिन्– ‘म त चुनाव लड्न मानेकी थिइन्, प्ुष्कर सरले कर गरेर निकै हौसला दिनुभयो । उहाँकै प्रेरणबाट उठेँ ।

तर जितौँला भन्ने लागेको थिएन र पनि यति धेरै मतले जित्न पुगें । निकै खुशी लागेको छ ।’ उनले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जनप्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिइन् ।

शिक्षक तथा प्रेस सेन्टर नेपालका सदस्य समेत रहेका पुष्कर खड्का भन्छन्, ‘मिनाले छिमेकमै अन्तरजातिय विवाह गरेर सदियौंदेखि जा’तीय वि’भेदको ज’ञ्जिर तो’ड्दै समाजको सामना गरिन् । त्यसयता पनि उनले महिलामाथि र दलितमाथि हुने अ’न्याय, अ’त्या’चारविरुद्ध महिलाहरुलाई संगठित गर्दै स’शक्त ढंगले सामाजिक सेवा सक्रियता देखाइरहिन् ।

जा’तीय रुपमा कुनै समय क’ट्टर मानिएका उनका माइती जैसी ब्रम्हण पोखरेल परिवारबाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चु’नौती मोल्नु परेन । धुर माविमै कक्षा १० मा पढ्दापढ्दै उनको नारायण परियारसंग विवाह भएको थियो ।

मिना भन्छिन्– ‘धुर माविमै पढ्दा देखि नै मैले माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएकी थिएँ । क्रमशः माओवादीको राजनीति निकै मन पर्यो, संगठित हुँदै गएँ । अहिले वडा सदस्यमा धेरै मतान्तरले जितेपछि आगामी दिनमा अझ माथि पुग्छु कि भन्ने हौसला जागेको छ ।’

गुल्मीमा अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी सबैभन्दा कान्छी विजयी उमेदवार पनि हुन् । उनको वडामा उनको पार्टी माओवादी केन्द्र र एमाले बीच गठबन्धन हुँदा एमालेका कृष्ण नेपालीले पुनः वडाध्यक्ष जितेका छन् ।

 

  • दलित महिला सदस्यमा
  • बाहुनकी छोरी
  • विजयी
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.