• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

मौलाकालिका अस्पतालमा खुट्टाको रड निकाल्दा तिवारीको मृत्यु , आफ्न्तमा आक्रोस


भरतपुरको मौलाकालिका अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । खुट्टाको रड निकाल्न आएका माडी नगरपालिका वडा नम्बर ५ का रामप्रसाद तिवारीको आज दिउँसो मृत्यु भएको हो । सामान्य उपचारका लागि आएका तिवारीको मृत्युभएपछि परिवारले अस्पताल घेराउ गरेको छ । ५२ वर्षीय मृतक तिवारी बगौंडा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षसमेत रहेका छन् ।

अस्पतलाको चरम लापरबाहीले गर्दा बिरामीको मृत्युभएको मृतकका भाई प्रजापति तिवारीले आरोप लगाए । उनले भने, ‘जंगलमा लागेका आगो निभाउने क्रममा दाई घाइते हुनुभएको थियो । गत चैतमा यही अस्पतालमा ५ दिन राखेर खुट्टामा रड हालेर लिएर गएको हो । आज त्यो रड निकाल्न आउदा उहाँको मृत्यु भयो ।’ मृतक तिवारीको आफ्नै छोरी सात वर्षदेखि सो अस्पतालको नर्सको काम गर्दै आइरहेकी छन् । उनीलाई पनि केही थाहा नभएको परिवारका सदस्यको भनाइ छ ।

मृतकको कुरुवा बसेका ज्वाइ दिल्लीराम आचार्यले अस्पताल जोगिनका लागि परिवारलाई जानकारी नदिइ भरतपुर अस्पताल रिफर गरेको बताए । उनले भने, ‘म उहाँको कुरुवा बसेको थिए । अपरेसन थेटरमा उहाँलाई लगियो । एकछिन पछि डक्टरहरु हस्याङ्फस्याङ गर्न थाले । मलाई केही जानकारी भएन । एकै चोटी हामीलाई प्राइभेट गाडीमा भरतपुर अस्पताल लगियो । हाम्रो बिरामी त्यहाँ लगेको हामीलाई थाहा नै थिएन । अस्पतालले मृत घोषणा गरिदियो ।’

मौलाकालिकाले अप्रेसन गर्ने टिम सानो भएकोले भरतपुर अस्पताल रिफर गरेको बताएको आचार्यको भनाइ छ । साथै बिरामीको रिपोर्ट अस्पतालले लुकाएको बताए । नसक्ने भएपछि अस्पतालले कसैको ज्यान जोखिममा राखेर काम गर्न नहुने उनको भनाइ छ । न्याय नपाएसम्म तिवारी परिवार कतै टसमस नहुने उनले बताए ।
यता भरतपुर अस्पतालका सुचना अधिकारी डा. गोपाल पौडेलले भने अस्पताल ल्याउनुपूर्वनै तिवारीको मृत्यु भइसकेको जानकारी दिएका छन् । ‘बिरामीको जिउको रक्षा गर्नका लागि भरतपुर रिफर गरिएको थियो तर, बिरामी मृत अवस्थामा थिए,’ उनको भनाइ छ ।

मृतक तिवारीको उपचार डा. विश्वराज अधिकारीले गरेका थिए । मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले भने अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘रड निकाल्ने क्रममा रक्त नलीमा बोसो पस्दा, त्यसले फोक्सोमा हुने रक्तसञ्चारलाई बन्द हुन गयो र अथक प्रयास गर्दा पनि हामीले उहाँलाई बचाउन सकेनौं,’ उनले भने । बिरामीलाई बचाउने प्रयासमा परिवारलाई छिटो जानकारी दिन नसकेको अधिकारीले बताएका छन् ।

चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल समेत घेराऊ गरेका छन् । त्यहाँ मौलाकालिका चिकित्सक आफैले भरतपुर अस्पतालमा उपचारका लागि लगेका थिए । बिरामीका आफ्न्तलाई समेत थाहा नदिई लैजाँदा उनीहरुमा आक्रोस बढेको छ ।

  • खुट्टाको रड निकाल्दा
  • तिवारीको मृत्यु
  • मौलाकालिका अस्पतालमा
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.