• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

मतका लागी मकै गोड्दै भाडा माझ्दिदै उम्मेद्वार


पर्वत : चुनावको प्रचारप्रसारमा रहेको फलेवास नगरपालिका–३ शंकरपोखरीमा गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार हुन् अर्जुन बहादुर केसी।

निर्वाचनको मिति नजिकिँदै जाँदा वडावासी सबैको घर–घरमा डुलिरहेका उनी कृषकहरूले मकै गोडिरहेको ठाउँमा पुगे। उनले कृषकले चलाइरहेको कोदाली मागे, कोट पाइन्टमा सजिएका उनले धूलो उडाउँदै मकै खन्न कुनै अप्ठ्यारो मानेनन्।

कृषकको कोदाली मागेर आफू पनि मकै गोड्न तम्सीए, थोरै बेर भए पनि मकै गोडेका उनले आफूलाई वडाध्यक्षमा जिताउन अनुरोध गरे।

‘मैले मकै गोडेर मेलो हुने कुरा होइन तर म जनता खेतमा हुँदा खेतमै र घरमा हुँदा घरमै छु भन्ने सन्देश यसबाट मिल्छ।

पाँच वर्षको अवधिमा मैले गरेको कार्यसम्पादन नागरिकले देख्नुभएको छ,’ केसीले भने, ‘वडाध्यक्षको रूपमा गएको कार्यकाल पूरा गर्दा म नागरिकले गर्ने यस्तै साना–साना कामहरूमा, पर्दा र मर्दा सम्भव भएका ठाउँमा पुगेको छु। हाम्रो काम पनि आखिर यही त हो नि।’

सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट गणेश शर्मा पौडेल उम्मेदवार रहेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र जोशी विजयी भएको कुश्मामा गठबन्धनबाट फेरि पनि जोशी नै नगर प्रमुख पदका उम्मेदवार बनेका छन्।

कांग्रेसकाे साख भत्काउनको लागि सहज महशुस नगरेको एमालेले मतदाता रिझाउनको लागि घरदैलो अभियान चलाइरहेको छ।

सोही क्रममा कुश्मा नगरपालिका–११ पकुवामा पुगेका प्रमुख पदका उम्मेदवार पौडेल, उपप्रमुख पदकी उम्मेदवार स्वस्थानी रिजाल र ११ नं. वडाका वडाध्यक्ष पदका उम्मेदवार बाबुराम पौडेलले आफूले खाना खाँदा प्रयोग भएका भाँडा आफैले सफा गरे। जनताको घर आँगनमा पुगेको बेलामा उदाहरणीय बनेर देखाउँदै नागरिकलाई आकर्षित गर्ने यो पनि एउटा तरिका हो।

कांग्रेसका कार्कीले मकै गोड्दा होस वा एमालेका पौडेलले भाँडा सफा गर्दा नै किन नहोस् एकै छिन भए पनि नेताहरू आफूजस्तै बनिदिँदा उनीहरूको सारथी भएको महशुस हुने केही नागरिक बताउँछन्।

उनीहरूको काम मकै गोड्ने भाँडा माझ्ने नभएको भए पनि उदाहरणका रूपमा प्रस्तुत गरेर देखाउनुको अर्थ आफूहरू जनताको साथमा छौँ, भनेको हुने फलेवास नगरपालिका–३ शंकरपोखरीकै वडा सदस्य पदकी उम्मेदवार निर्मला कुमारी शर्मा बताउँछिन्।

‘जनप्रतिनिधिहरू जनताको कामकै लागि चुनिने हो। घरदैलोमा गएको बेलामा जनताले गर्न लागेको काममा एकै छिन भए पनि सघाई लाग्नुको अर्थ हामी पनि नागरिकको साथमा छौँ भन्नु हो,’ उनले भनिन्, ‘जनप्रतिनिधि नभएको अवस्थामा देश चलेको बेलामा काम गर्न कठिन थियो। गाविस सचिवलाई फेला पार्नै मुस्किल, तर अहिले जनताका काम सहजै भएका छन्।’

केही उम्मेदवारहरूले चुनावलाई लक्षित गरेर गरेका यस्ता कामहरूको प्रमाण सामाजिक सञ्जालहरूमा राखिने गरेका भए पनि सबै उम्मेदवारहरूका यस्ता क्रियाकलाप बाहिर आउँदैनन्। विजयी बन्नका लागि हदैसम्म पुग्ने उम्मेदवारहरूले आलोचना खेप्नुपर्ने डरले चुनावी प्रचारमा प्रयोग गरेका सबै हतकण्डाहरु बाहिर ल्याउँदैनन्।

चुनावको बेलामा खुट्टै समातुँला जस्तो गरेर नम्रता प्रस्तुत गर्ने कतिपय नेताहरू हारे पनि जिते पनि जनताको दैलोमा नपुग्दा भने नागरिकको मन खिन्न हुने गरेको छ।

जनताको मनमा बस्न नसकेसम्म उनीहरूको मत नपाउने कुरा बुझेका उम्मेदवारहरू नागरिकको मनमा बस्न हर तरिकाहरू अपनाइरहेका छन्।

  • उम्मेद्वार
  • भाडा माझ्दिदै
  • मकै गोड्दै
  • मतका लागी
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.