इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ । इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कुटपिट हुदा भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृत्यु भएको हो । पटेल केटी पक्षका आफन्त हुन ।
जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो । विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ६ कै २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह रहेका छन् ।
प्रहरीका अनुसार चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।
‘विवाह उत्सवमा मृतकलाई चोरीको आरोप लागेपछि कुटपिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भने गम्भीर अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा मृत्यु भएकाे बताएका छन् ।



