सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ ।
मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो ।
आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो । बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा ल्याएको छ ।जिल्ला प्रहरी कार्यालयले दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।



