• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक


म्याग्दी,असार ३- बेनी नगरपालिका २ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई दरबन्दीका शिक्षक, एकरएक बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा तीनसम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन् ।

बालकक्षामा दुई, कक्षा १ र ३ मा एक-एक जना विद्यार्थी रहेका प्रधानाध्यापक सरस्वती नेपालीले बताइन्। उनका अनुसार गत शैक्षिक सत्रको शुरुमा २२ विद्यार्थी रहेकामा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरेका हुन् ।

‘कक्षा ५ का एक जना उत्तीर्ण भएपछि अर्को विद्यालयमा गएका छन् । विद्यार्थीका अभिभावकले पनि विद्यालय परिवर्तन गराएपछि सङ्ख्या घट्दै गएको हो’, उनले भनिन्, ‘अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएका थियौँ । बालबालिकाको सिकाइ उपलब्धिमूलक बनाउन बालकक्षापछि नर्सरी सञ्चालन गरेका थियौँ । समुदायको साथ नपाउँदा विद्यार्थी सङ्ख्या घटेको हो।’

२०८० सालसम्म कक्षा ७ सम्मको पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ थियो । कक्षा ८ सञ्चालन गर्ने, गणित र विज्ञान विषयको शिक्षक माग गर्दै आएका अभिभावक र बेनी नगरपालिकाका जनप्रतिनिधि सहमति हुन नसकेपछि अभिभावकले विद्यालय परिवर्तन गराएका हंसबाहिनीका शिक्षकले गुनासो गरेका छन्।

गत वर्ष विद्यार्थी सङ्ख्या कम भएकाले विद्यालयलाई कक्षा ८ बाट कक्षा ३ सम्म बनाउने निर्णय बेनी नगरपालिकाले गरेको थियो । यहाँका तीन जना शिक्षकको दरबन्दी अन्यत्र व्यवस्थापन गरिएको प्रअ नेपालीले बताइन्।

विद्यालयको सेवा क्षेत्रमा पर्ने ठूलो र सानो खबरामा १५० घरपरिवारको बसोबास छ। सदरमुकाम बेनी बजार नजिकैको उक्त बस्तीबाट बेनीका दुई निजी विद्यालयमा दुई बस विद्यार्थी आउने शिक्षक हृदयकुमार श्रेष्ठले बताए। उनका अनुसार केही अभिभावकले बेनी सामुदायिक र प्रकाश माविमा पढाउन थालेका छन् । ‘हंसबाहिनीमा छोराछोरी पढाउनेलाई सामाजिक रूपमा हिंसा गर्न थालेपछि कतिपय अभिभावकले इच्छा नभए पनि बेनी पठाएको पाएका छौँ’, शिक्षक श्रेष्ठले भने, ‘रित्ता कक्षाकोठा रुघेर बस्नुपरेको छ’, सुविधायुक्त खेलमैदान र कक्षाकोठा खाली रहेका उनको भनाइ छ।

 

मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.