• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा रामजानकी बालिका आश्रममा दूध र दूधजन्य परिकार वितरण


चितवन, १८ जेठ । विश्व दूध दिवसको अवसर पारेर पवित्र धार्मिकस्थल देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालबालिकाहरुलाई दूध र दुग्धजन्य परिकार वितरण गरिएको छ । दूधको महत्व र यसको फाइदाबारे चेतना फैलाउन २५ औँ दूध दिवसमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र पशु सेवा कार्यालय चितवनले आश्रममा आश्रित बालिकाहरुलाई दूध तथा दुग्धजन्य पदार्थ वितरण गरेको हो ।

कार्यक्रमका अवसरमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका उपाध्यक्ष भागीरथ तिमल्सेनाले संघले दूधको बजारीकरणमा ठूलो भूमिका खेलेको बताउनुभयो । संघले किसानको समस्या समाधान गर्दै मानवीय र सामाजिक सेवामा समर्पित भएको उदाहरण प्रस्तुत गर्दै बालिका आश्रममा दूधजन्य पदार्थ वितरणसँगै भोजन गराउनुले प्रष्ट भएको उहाँको भनाइ छ । दूध उत्पादन हुने बिक्री नहुने, दूध बिक्री भए भुक्तानी नपाउने किसानको समस्या भएको भन्दै उहाँले यो समस्या समाधानका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले आफूहरुले दूधको उत्पादन लागत घटाउनका लागि किसानहरुलाई विभिन्न तालिम र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो । दूधको भुक्तानी समयमै नपाउँदा किसानमा नैराश्यता उत्पन्न भएको भन्दै उहाँले दूध बिक्री हुँदा पनि डेरीहरुले किसानलाई समयमै भुक्तानी नगरेका बताउनुभयो । सरकारी स्वामित्वमा रहेको डिडिसीले नै ६ महिनादेखि किसानको भुक्तानी रोकेको भन्दै उहाँले दूधको पैसा समयमै दिनेगरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

जिल्लामा रहेका एक सय १५ वटा सहकारीमा आबद्ध ४० हजार बढी किसानले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादन भएको दूधमध्ये ५१ प्रतिशत दूध जिल्ला बाहिर पठाउने गरेको भए पनि किसानले समयमै भुक्तानी पाउन सकेका छैनन् । किसानले सात महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै किसानले विभिन्न डेरीबाट पाउनुपर्ने रकम रु ८० करोड पुगेको बगालेको भनाइ छ । यहाँबाट ४२ वटा डेरीले नियमित दूध लैजाने गरेको भए पनि सात वटा डेरीलेमात्रै नियमित भुक्तानी गर्दै आएका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिं ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो । आश्रममा ३१ जना बालिकाहरु आश्रित छन् ।

आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.