• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

तनहुँको ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी


तनहुँ, फागुन १८-  आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।

उक्त स्थानमा पुग्ने जो कोही व्यक्ति आनन्द महसुस गर्छन् । उनीहरु यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ । यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिनामा रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानी हुने गरेको छ ।”

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई रु ५०, विद्यार्थीलाई रु ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि रु १०० प्रवेश शुल्क कायम गरिएको छ । गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन् ।

बिदामा आन्तरिक पर्यटकको अझ बढी घुइँचो लाग्ने गरेको छ । पर्यटकको आवागमनले पार्किङ क्षेत्रमा असुविधा हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै थप पार्किङको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान तानेको छ । गर्मीको समयमा झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लाग्छ । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत आकर्षक गन्तव्यस्थल बनेको छ । यो ठाउँ गर्मीमा यात्रा गर्नेका लागि विश्रामस्थल बनेको छ ।

ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । यस पहरामा रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको पर्यटकको सङ्ख्या बढेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले गुरुयोजना तयार गरेको छ । रासस

 

आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.