• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, कार्तिक २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

कृषिमन्त्री अधिकारीद्वारा डेरी एक्स्पो उद्घाटन


चितवन, २५ माघ । भरतपुरमा रहेका चितवन प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै अधिकारीले सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभयो । किसानहरुको सुझावलाई आफूहरु कृषि
ऐनमा समेट्न तयार रहेको भन्दै मन्त्री अधिकारीले आवश्यक र समय सान्दर्भिक सुझावहरु दिनका लागि आग्रह गर्नुभयो । ।।।सरकारले ल्याउन लागेको कृषि ऐन आएपछि नेपालका कृषकहरुले हामी सक्षम छौँ, हामी गरिब भएर तथा खान नपाएर कृषिमा लागेका होइनौँ भन्ने भावनाको विकास हुन्छ’ उहाँले भन्नुभयो, ।।।कृषि पेसालाई सम्मानित बनाउनेगरी ऐन जारी गर्न लागिएको छ ।’ दूधबाट दही, मोही, घ्यु र कुराउनी मात्रै बन्छ भन्ने आम धारणा भएको भन्दै मन्त्री अधिकारीले दूधबाट धेरै उत्पादनहरु तयार हुन्छ भन्ने बुझ्नुपर्ने बताउनुभयो ।

दूधबाट धेरै प्रकारका उत्पादनहरु बन्ने रहेछ, त्यसबाट शरीरलाई कहिल्यै नोक्सानी हुँदैन’ उहाँले भन्नुभयो, ।।।दूधबाट बन्ने परिकार प्रयोग गर्न
सकेमा मात्रै पनि हामी दीर्घ जीवन बाँच्न सक्छौँ ।’ पशुपालन र डेरीमा प्रविधि भित्र्याएर उत्पादनमा विविधीकरण गर्न सकेमा किसानहरुको
जीवन परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो । किसानहरुलाई अत्यन्त पीडा भएको भन्दै मन्त्री अधिकारीले त्यो पीडालाई व्यवस्थापन गर्नका लागि हामी सबैमा इमानदारिताको जरुरी भएको बताउनुभयो । ।।।कृषि कर्म गर्नेहरु पनि तीन तहका सरकारसँग पाएसम्म लिन सक्ने बताउनुभयो’ उहाँले भन्नुभयो, ।।।इमानदारिता कामय गर्न सक्यौँ भने कृषि कर्म गर्नेका लागि सरकारबाट राम्रै सहयोग भएको छ ।’ आजदेखि सुरु भएको पोल्ट्री एक्स्पोको बारेमा जानकारी दिँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सब्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले
पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरुको प्रदर्शनी गरिएको बताउनुभयो । दूधको विविधिकरणका लागि आवश्यक पर्ने उपकरण तथा
दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु प्रदर्शनीमा राखिएको बगालेको भनाइ छ ।

दूध
किसानहरुको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने
उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उहाँको भनाइ छ । दूधको बजारीकरणमा सहजता होस् भनेर एक्स्पो सञ्चालन गरिएको बगालेले बताउनुभयो । यस प्रदर्शनीमा डेरी उद्योगका लागि आवश्यक पर्ने सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टलहरु, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोग हुने प्याकेजिब उद्योगका स्टलहरु, बैंक तथा बिमा कम्पनीहरु, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरु रहेका छन् ।

प्रदर्शनी अन्तर्गत कार्यशाला र तालिम, बिटुबी मिटिब, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिको अनुभव तथा सफलताको कथा, पुरस्कार वितरण, डेरीजन्य नयाँ प्रोडक्टको लन्चलगायत कार्यक्रम हुनेछन् । प्रदर्शनीको क्रममा भोलि शनिबार पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बीचमा समूहगत छलफल हुने बताइएको छ । त्यस्तै, माघ २७ गते अन्तर दुग्ध सहकारी संस्थाबीच हाजिरीजवाफ प्रतियोगिता हुने अध्यक्ष बगालेले जानकारी दिनुभयो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा ५० हजार भन्दा बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ । चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीलगायतले मन्तव्य राख्नुभएको थियो ।

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.