• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

भरतपुरको यातायात व्यवस्था कार्यालयले संकलन गर्‍यो ५१ करोड राजस्व


चितवन, ११ माघ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै भरतपुरमा रहेको यातायात व्यवस्था कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खुला रहने जनाइएको छ ।
शनिबार बाहेकका अन्य सार्वजनिक बिदामा सेवा प्रवाह गरिने कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले बताए । उनका अनुसार कार्यालयले नियमित प्रदान गर्ने सबै सेवा सार्वजनिक बिदाको दिनमा प्रदान गरिने छ । अन्य दिनमा सेवाग्राहीहरुको चाप बढी हुने भएकाले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिएको उनको भनाइ छ ।
त्यस्तै सवारीसाधनको लागि लिखित परीक्षामा हप्तामा दुई दिन तथा ट्रायल दैनिकरुपमा लिने गरिएको उनले बताए । त्यस्तै ट्रायल सेन्टरमा अनुगमनमा जाने कर्मचारी र ट्रयाल सेन्टरका कर्मचारीलाई पोशाक अनिवार्य गरिएको उनले बताए । सवारीसाधनको ट्रायल सुरु हुनु अगाडि सबै सवारीसाधनको प्राविधिकहरुबाट यान्त्रिक परीक्षण गरेपछि मात्रै ट्रायल दिन लगाइने उनको भनाइ छ ।
सेवाग्राहीको कामलाई छिटो र छरितो गर्ने गरी कार्ययोजना बनाएर काम गरिएको भन्दै कार्यालय प्रमुख भट्टराईले यातायात व्यवस्था विभागले नै डिसेम्बर २०२२ पछिको सवारीचालक अनुमति पत्र नछपाउँदा सेवाग्राहीलाई प्रदान गर्न नसकिएको बताए । “अहिले देशभरको सवारीचालक अनुमतिपत्र छपाइ भएको छैन” उनले भने, “विभागले छापेर पठाएपछि सेवाग्राहीलाई उपलब्ध गराउँछौँ ।”
यसैबीच, आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्म कार्यालयले ५१ करोड ३४ लाख ९६ हजार १९२ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलकाअनुसार कार्यालयले सवारीसाधन करवापत ३५ करोड २६ लाख ४३ हजार ३४७ रुपैयाँ, चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धि दस्तुरवापत १३ करोड ७० लाख १४ हजार ४५४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीवापत दुई करोड २७ लाख ९२ हजार ८२८ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफलवापत नौ लाख १९ हजार ९०८ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कवापत ९४ हजार ९०० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
यसअवधिमा कार्यालयमा जम्मा १२ हजार ८८ वटा सवारीसाधन दर्ता भएका पौडेलको भनाइ छ । सबैभन्दा बढी मोटरसाइकल, स्कुटर तथा मोपेड शीर्षकमा १० हजार ९८७ सवारीसाधन दर्ता भएका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये निजी १० हजार ९५६ र सरकारी ३१ वटा रहेका छन् ।
त्यस्तै, निजी अटो तथा टेम्पो ३५८, भाडाको अटो तथा टेम्पो ६१ वटा, निजी कार, जीप, भ्यान पिकअप २७९, भाडाका १८१ तथा सरकारी दुई वटा, निजी बस, ट्रक १३४, भाडाका ६६ तथा सरकारी ६ वटा एवम् निजी ट्रयाक्टरहरु १४ वटा दर्ता भएको पौडेलले जानकारी दिए ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.