• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामाः दुई हप्तामा कति कमायो ?


चितवन,कात्तिक ९-  विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा अघि बढेको छ । दशैँको फूलपातिका दिन असोज २४ गते रिलिज भएको यो एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन । दशैमा एकैसाथ तीन नयाँ चलचित्र ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये हलहरूमा छक्कापञ्जाले सबैभन्दा बढी शो पाएको थियो भने त्यसपछि १२ गाउँ र ज्वाइँ साबले । हिजोबाट तीनवटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् ।

व्यापारमा पहिलो दिनबाटै छक्कापञ्जा ५ र १२ गाउँको नेक टु नेक टक्कर थियो । बढी हलहरू पाएकाले सुरुवाति दिनहरूमा छक्कापञ्जाले धेरै कलेक्सन गर्न सफल भयो । तर, १२ गाउँमा दर्शकको उभार बेसी देखिएपछि हलहरूले सो चलचित्रलाई सो बढाउँदै लगे । आजको मितिमा आइपुग्दा ‘छक्कापञ्जा’ भन्दा ‘१२ गाउँ’ शो संख्या र कलेक्सन दुवैमा अगाडि पुगेको छ ।

छक्कापञ्जाका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्रको व्यापार १५ करोड नजिक रहेको बताएका छन् । चलचित्रले सुरूमा पाएको शो खासै नघटेको र दर्शकको चाप पनि यथावत् रहेको उनको दावी छ । छक्कापञ्जा ५ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो । हलहरूबाट हुने आम्दानी चोखो मुनाफा हो । टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत हलले र बाँकी ५० प्रतिशत निर्माताले पाउने व्यवस्था छ ।

यता, ‘१२ गाउँ’मा भने अहिलेसम्म कुनै पनि नेपाली चलचित्रमा नदेखिएको क्रेज देखिएको छ । चलचित्रले मिडियाहरूमा राम्रो समीक्षा पाएको थिएन । दक्षिण भारतीय चलचित्रको भद्दा नक्कल गरिएको र कथावस्तु बकवास रहेको भनेर आलोचना खेपेको थियो । तर, दर्शकले भने १२ गाउँलाई निरन्तर साथ दिएका छन् । अहिले पनि चलचित्रले फुल अकुपेन्सी पाइरहेको छ । १२ गाउँका वितरक गोविन्द शाही हिजोसम्मको रिपोर्टअनुसार अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन भइसकेको दावी गर्छन्। पहिलो साताभन्दा दोस्रो सातामा शो धेरै थपिएकाले कमाइ पनि ह्वात्तै बढेको उनको भनाइ छ ।

स्रोतका अनुसार शाहीको दावीअनुसार नभए पनि चलचित्रले हिजोसम्म १८ करोड ८५ लाख रूपैया ग्रस कलेक्सन छ । यही रफ्तारमा जाँदा यस चलचित्रले केही दिनमै लाइफटाइम सर्वाधिक कलेक्सन गर्ने नेपाली चलचित्रको कीर्तिमान राख्ने पक्कापक्कीजस्तै देखिन्छ । नेपालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको कीर्तिमान ‘जारी’ को नाममा छ । २०८० सालमा वैशाखमा प्रदर्शनमा आएको उक्त चलचित्रले २५ करोडको लाइफटाइम विजनेस गरेको थियो ।

‘मैले अहिलेसम्म दर्शकको यस्तो फ्लो र कमाइको रफ्तार नेपाली चलचित्रमा देखेको थिइनँ,’ शाहीले भने, ‘नेपाली मात्र नभएर विदेशी चलचित्र पनि पहिलो तीन दिनपछि बिस्तारै खस्किन थाल्थे । तर, १२ गाउँको रौनक अहिले पनि हलहरुमा उस्तै नै छ ।’ हलहरूको अकुपेन्सीमा पनि अहिले १२ गाउँ हावी रहेको उनले बताए ।

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.