• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता


काभ्रेपलाञ्चोक, १२ असोजः तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका छन् । जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन् ।

अविरल वर्षाका कारण आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सञ्जिव विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो । बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचाररार्थ भक्तपुर लैजानुपरेको थियो ।

वर्षाका कारण आज बिहान दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन् । बहिनी पातालीको घरमा मकै भाँंच्ने काममा धुल्खुबाट सघाउन आउनुभएको थियो । घटनापछि प्रहरी चौकी नारायणस्थानबाट उद्धार भइरहेको बताइएको छ ।

यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ । वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आँउदा उनी पुरिएका हुन् । च्याल्टीमा खोला ठूलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातीदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन् । यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन् ।

बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा  पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहिन अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ ।

यसैगरि पनौतीकै १२ नं वडास्थित कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा चार जना पुरिएकामा तीन जनालाई जिवितै उद्धार गरिएको छभने एक जना अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ । पनौती–१२ थुम्की डाँडामा पहिरोको जोखिममा परेका करिब एक सय जना उद्धारको पर्खाइमा बसेको जनाइएको छ । मण्डनदेउपुर नपा–१२ स्थित काफलचौर ५ घर र ३ नं वडाको बयरबोटमा एक घर जोखिममा परेको तथा रोशी गाउँपालिकास्थित विपी राजमार्गमा पर्ने नार्के बजारमा सडक छेउका दुई घर पहिरोमा परी बगाएको छ ।

मण्डनदेउपुरकै कोदारीभिरमा पहिरो खसेपछि हेलम्बू राजमार्गको जिरोकिलो कुन्ताबेसी–मेलम्ची सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । नगरप्रमुख टोकबहादुर वाइबाले राजमार्ग खुलाउने तथा जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण काभे्रपलाञ्चोकको रोशीस्थित चिउरीबासमा रोशी खोलाको बाढीले आज मध्यान्ह करिब १०० मिटर सडक बगाएको छ । यस्तै खहरे खोलाको लेदो तथा सडक बगाउँदा रोशीस्थित विपी राजमार्गको दुई स्थानमा शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएको छ । यस्तै अरनिको राजमार्गअन्तर्गत बनेपास्थित पुलबजार डुबान हुँदा यातायातका साधान रोकिएका छन् ।

शुक्रबार साँझ पाँचखाल नगरपालिका–५ स्थित सडकमा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको थियो । यस्तै अरनिको राजमार्गअन्तर्गतकै निर्माणाधीन धुलिखेल–खावा सडकको विभिन्न स्थानमा पहिरो तथा लेदोका कारण यातायातका साधाव आज बिहानदेखि ठप्प रहेको खावा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमेश थपलियाले जानकारी दिनुभयो ।

रोही गाउँपालिकाको ११ नं वडास्थित माम्तीमा शुक्रबार दिउँसो खहरे खोलाको बाढीले सडकको ह्यूमपाइपसमेत बगाउँदा विपी राजमार्गको नेपालथोक–मङ्गलटार सडकखण्ड अवरुद्ध हुँदै आएको छभने गाउँपालिको ८ नं चारसयबेंसीमा माथिबाट लेदो झरेका कारण कटुञ्जे–मङ्गलटार सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले अवरुद्ध सडक खुलाउन स्थानीय निकाय तथा सडक विभागसँग समन्वय भइरहे पनि प्रतिकूल मौसमका कारण अवरुद्ध राजमार्ग सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

शनिबार, असोज १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.