• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

‘प्रेमगीत ३’ बारे के भन्छन् बलिउडका कलाकार ?


असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को मुम्बईमा ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का, सुनिल थापा, मनिष राउत, प्रेम पुरी र अभिनेत्री क्रिष्टिना गुरुङ मुम्बई पुगेका थिए।

उक्त कार्यक्रममा बलिउडकर्मीको पनि बाक्लो उपस्थिति थियो। फिल्मलाई सहयोग गर्न बलिउड अभिनेता महेश मंजेकर, शिवाजी सतम, निर्देशक अनीस बाज्मी, कोरियोग्राफर गणेश आचार्य, संगीतकार तथा गायक पवनदीप राजन, निर्देशक इन्द्र कुमार, ‘प्रेमगीत ३’ का भारतीय निर्माता सुवाष कालेलगायत उपस्थित थिए।

ट्रेलर हेरिसकेपछि बलिउडकर्मीले ‘प्रेमगीत ३’को खुलेर तारिफ गरेका थिए। हेरौं कुन कलाकारले के भने-

महेश मंजेकर (बलिउड अभिनेता)
ट्रेलर राम्रो लाग्यो। अहिले क्षेत्रिय फिल्मले पनि राम्रो गरिरहेका छन्। फिल्मको कुनै भाषा हुँदैन। हामी तेलुगु फिल्म हेर्न सक्छौं, यसले पनि आशा जगाएको छ, त्याे ट्रेलरमा देखिन्छ। गीतहरू राम्रो छन्। निर्माता सुवाषले राम्रो गर्नु भएको छ। मेरो विचारमा फिल्मले राम्रो गर्नेछ।

शिवाजी सतम (बलिउड अभिनेता तथा टेलिभिजन अभिनेता)
फिल्म इन्टरनेशनल लेभलको बनेको जस्तो लाग्यो। सुवाषको लागि खुशी छु। आशा छ फिल्मले टिकट झ्यालमा राम्रो गर्नेछ।

अनीस बाज्मी (निर्देशक)
हिमायल एकदमै सुन्दर छ। त्यहाँ मलाई फिल्म खिच्न मन थियो। तर म त्यहाँ कहिले जान सकिनँ। मलाई फिल्मको लोकेसन एकदमै मन पर्यो। क्यामेराको काम राम्रो छ। फिल्मको लुक्स शानदार देखिएको छ। यो फिल्म राम्रो छ जस्तो लागेको छ। सम्पूर्ण टिमलाई शुभकामना!

गणेश आचार्य (कोरियोग्राफर)
कोरियोग्राफीको मतलब क्षणहरू बनाउनु हो। ‘प्रेमगीत ३’ मा त्यस्ता क्षणहरू देखें। ट्रेलर राम्रो लाग्यो। राम्रो मेहनत गर्नुभएको रहेछ। फिल्म राम्रो चलोस्। शुभकामना!

इन्द्र कुमार (निर्देशक)
यो फिल्म सुपरहिट बनोस्। मनदेखि प्रार्थना गर्न चाहन्छु। जसले मेहनत गर्नु भएको छ उहाँहरूलाई सफलता मिलोस्। सम्पूर्ण टिमलाई शुभकामना!

‘प्रेमगीत ३’को हिन्दी संस्करण गीतमा संगीत दिएका पवनदीपले अवसरको लागि धन्यवाद व्यक्त गरे।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदीप खड्काले भारतीय दर्शकको मनमा बस्न आफूले हिन्दी भाषा बोलेको बताए।

‘अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा हामी अंग्रेजी प्रयोग गर्छौं। जसको कारण हामी धेरै दर्शकसम्म पुगौंला तर हिन्दी बोल्दा हामी यहाँका दर्शकको मनसम्म पुग्छौं। त्यसैले अंग्रेजीभन्दा टुटे फुटेको हिन्दी नै ठिक लाग्यो,’ उनले भने।

निर्माता तथा निर्देशक सन्तोष सेनले सुरुमा नेपालकै लागि फिल्म बनाएको बताए।

‘सुरुआतमा त नेपालकै लागि फिल्म बनाएका थियौं। हिमालयमा १ सय २० दिन बढी छायांकन गर्यौं। सुभाष सर र मुरली सर उहाँहरूले मुम्बईसम्मको यात्रा तय गर्नमा सहयोग पुर्याउनु भयो। उहाँहरूलाई धन्यवाद,’ उनले भने।

अभिनेत्री क्रिस्टिना गुरुङले आफ्नो पहिलो फिल्मले नै यति ठूलो हाइप पाउला भनेर नसोचेको बताइन्।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.