• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

सरकारलाई नै च्यालेन्ज : आइतबार बिदा नगर्ने निर्णय !


मन्त्रिपरिष्दको निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन बिदा दिन निर्देशन दिइसकेको छ ।

तर केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले भने तत्काल हप्ताको दुई दिन बिदा लागू नगर्ने जनाएका छन् । बुढानीलकण्ठ नगरपालिकाले वैशाख २९ गते र भक्तपुर नगरपालिकाले गत आइतबार सूचना जारी गर्दै आइतबार बिदा नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले एक महिना ढिला नयाँ शैक्षिक सत्र शुरु भएकाले अर्को सूचना जारी नभएसम्म बिदा नदिन भनेको छ ।

भक्तपुर नगरपालिकाले भने कुनै समस्या उल्लेख नगरी नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पालिकामा जनप्रतिनिधि नहुँदा निर्णय गर्न नसकिएकाले साबिककै अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकोले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड बडी आउन बित्तिकै निर्णय हुन्छ ।’

यस्तै त्रिभुवन विश्वविद्यालयले पनि हप्ताको दुई दिन बिदा कार्यान्वयन नगर्ने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले गत आइतबार सूचना जारी गर्दै ‘कोभिडको असरका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाको तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालय पाठ्यक्रमको संरचना समेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा आइतबार बिदा दिन नसक्ने जनाएको छ ।

‘विद्यार्थीहरुको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवा लगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक भएककाले अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवा सञ्चालनमा रहनेछ’ सूचनामा भनिएको छ ।

शिक्षा मन्त्रालयले वैशाख २८ गते सम्बन्धित सबैलाई पत्राचार गर्दै हप्तामा दुई दिन बिदा दिन र पाठ्यघण्टा मिलाउन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्न निर्देशन दिएको थियो । मन्त्रालयले हप्ताको ६ दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म विद्यालय सञ्चालन गर्नुपर्ने र हिउँदे तथा वर्षे बिदा कटौती गरी पाठ्यभार मिलाउन सम्बन्धित निकायलाई परिपत्र गरेको हो ।

मन्त्रालयका अनुसार विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्न सक्नेछन् ।

  • आइतबार
  • निर्णय
  • बिदा नगर्ने
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.