• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, कार्तिक २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

अर्थोपेडिक क्षेत्रमा नेपाली चिकित्सकलेनै लेखेको पहिलो पुस्तक सार्वजनिक


चितवन ।

नेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिकमा अध्ययन अध्यापन गर्न मिल्ने पुस्तक आज सार्वजनिक गरिएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन एवम नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष सुरेश पाण्डेले लेखेको पुस्तक टेक्स्ट बुक अफ अर्थोपेडीक्स आज बिमोचन गरिएको हो।
पुस्तकको बरिस्ठ अर्थोपेडिक डा.आनन्दप्साद रेग्मी, बरिस्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ र लेखका बुबा पुष्पराज पाण्डे,लेखकका श्रीमती रोश्ना बरालले संयुक्त रुपमा सार्वजनिक गरेका हु्न् ।


नेपाली चिकित्सक क्षेत्रमा नेपाली चिकित्सक ले लेखेको यो नै पहिलो किताब भएको लेखक पाण्डेले दावी गरे । विदेशीले लेखेका पुस्तकहरु पर्याप्त छन्,उनले भने ६ वर्षको मेहनतपछि पुस्तर तयार भएको छ । मेरो बुझाइमा अर्थोपेडिक क्षेत्रमा यो नै पहिलो पुस्तक हो जो नेपाली चिकित्सकद्धारा लेखियो ।”
देशभरका मेडिकल कलेजमा नेपाली चिकित्सक ले लेखेको पुस्तक प्रयोगमा ल्याउन उनको आग्रह छ। कितावको बुकिङ तीव्र भएको र धेरैले रुचाईदिएको भन्दै पाण्डेले कितावमा अर्थोपेडिक सम्वन्धी खोज अनुसन्धान बाट आएका नतिजा समावेश गरिएको र तस्बिर सहित समावेश हुँदा पुस्तक सरल बनेको जानकारी दिए । नेपाली मेडिकल कलेजका विद्यार्थीलाई मात्रै नभई विदेशका मेडिकल कलेजमा समेत पुस्तक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

पुस्तक बिमोचन गर्न पाउँदा अत्यन्त हर्षविभोर भएको डा. पाण्डेको भनाई थियो । “चिकित्सा क्षेत्र र विषेश गरि अर्थोपेडिक विधामा दुरगामी र भावी पुस्तालाई समेत हुनेगरी केहि योगदान गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर पुस्तक लेखेको हु” उनले भने।

कार्यक्रमका प्रमुख अतिथि डा. आनन्द प्रसाद रेग्मीले नेपाल र नेपाल बाहिरका विद्यार्थीहरुलाई पुस्तक उपयोगी हुने बताए । यसले मेहनती अन्य चिकित्सकहरुलाई समेत आफ्नो क्षेत्रको विषयमा कलम चलाउन मद्दत मिल्ने र धेरै पुस्तकहरु प्रकाशित हुँदै जानेमा विश्वस्त रहेको बताउंदै शुभकामना दिए ।

विरामीलाई सेवा दिएर पनि समय बचाएर किताब तयार हुनु गोरवको कुरा भएको डा. अर्जुन श्रेष्ठले बताए । नेपालभर करिव ५ सय अर्थोपेडिक डाक्टरहरु रहेकोमा चितवनमा मात्रै ४० जना अर्थोपेडिक चिकित्सक रहेका छन् । एकेडेमी र रिसर्चको क्षेत्रमा समेत अघि बढ्न प्रेरणा मिलेको उनको भनाई छ ।

डा. भक्तमान श्रेष्ठले चितवन चिकित्सकको क्षेत्रमा समेत अव्वल रहेको भन्दै आएकोमा पुस्तक प्रकाशनले त्यसलाई प्रमाणीत गरेको बताए । आफूले व्यवहारमा थाहा पाएको नतिजालाई कितावमा उतारेर तयार पारेको यो पुस्तक विद्यार्थी,प्राध्यापकलाई धेरै उपयोगी हुने बताए । लेखकलाई वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालले समेत केही सहयोग गरेको उनको भनाई थियो ।

१५ वर्ष भन्दा वढी अनवरत सेवामा रहेका डा.पाण्डेले एमवीवीएस र एमएस अर्थोपेडीक्सको पढाईलाई केन्द्रित गरी नेपालका सबै स्वास्थ्य क्षेत्रका विश्वविद्यालयहरुको पाठ्यक्रमलाई आधार मानी तयार गरिएको जानकारी दिए । साथसाथै यो पुस्तक नवप्रवेसी अर्थपेडिक सर्जनहरु माझ पनि उपयोगी हुने उनको भनाई छ ।

३१८ पेजको पुस्तक समिक्षा पब्लीकेशनले प्रकाशनमा ल्याएको हो । लेखक डा. पाण्डको अनुसार अहिले तत्काल नेपाल र सार्क देशहरुका मेडिकल कलेजहरुमा पुस्तक पुर्याउने योजना छ । अहिले १ हजार प्रति पुस्तक प्रकाशीत छ । मूल्य रु. १४ सय रुपैयाँ भएपनि छुट सहित रु. ११ सय मा विक्रि भइरहेको जानकारी दिए । हालसम्म सवैले अत्यन्त राम्रो भएको प्रतिक्रिया दिएको र माग समेत बढेकाले चाँडै नै थप परिमाणमा पुस्तक प्रकाशीत गर्ने बताए । केही ल्याटीन अमेरिकाका विद्यार्थी जो नेपालमा पढु्दै आएका छन्, उनीहरुले समेत पुस्कत मन पराएको पाण्डेले बताए ।

सुनसरिमा जन्मिएका पाण्डेले विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट आफ्नो अध्ययन सकाएका थिए । आफू अध्ययन गर्दा देखि अहिलेसम्म पनि नेपाली चिकित्सकद्वारा लेखिएको पुस्तक नभेटाएकाले पनि यस विषयमा आफूले विशेष चासो र समय दिएर किताव ल्याएको जानकारी दिए ।

नेपालभर रहेका १९ वटा मेडिकल कलेजमा यो पुस्तक पढाइ हुनेमा आफू आशावादी रहेको उनको भनाई छ । पुस्तकमा अर्थोपेडिक अर्थात हाड जोर्नी तथा नशा रोगसँग सम्वन्धीत तस्विरहरु समेत राखिएको, महत्वपूर्ण कुराहरुलाई वक्स बनाई हाइलाइट गरेको, खोज अनुसन्धानका लागि सहज हुने गरी तथ्याङ्कहरु समावेश गरेर टेवलहरुमा प्रस्तुत गरेको उनको भनाई छ ।

सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.