• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

चितवनबाटै लाइसेन्स नवीकरण सुरु गरिँदै, नयाँ लाइसेन्स वितरण भने अझै अनिश्ति


चितवनबाटै अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले यही महिनाबाट नवीकरणको काम सुरु गर्ने गरी गरी तयारी थालिएको जनाएको छ । सेवा कार्यालयका प्रमुख सुवास उप्रेतीले यातायात विभागले चितवनको कार्यालयमा पनि सिस्टम जोड्ने तयारी थालेको बताए ।

 

आफूहरुले सबै प्रक्रिया पूरा गरेर कागजात विभागमा पठाएको बताउँदै उप्रेतीले अब विभागले सिस्टम जोडिदिएपछि नवीकरणको काम सुरु हुने बताए ।

दशैं अघि नै सेवा दिने व्यवस्था मिलाउने गरी तीव्र रुपमा प्रक्रियाको काम भइरहेको विभागबाट जानकारी आएको उप्रेतीको भनाइ छ । प्रदेश सरकारले यही भदौ ४ मा चितवनबाट लाइसेन्स सम्बन्धी सम्पूर्ण काम (नवीकरण तथा नयाँ लाइसेन्स वितरण) गर्न पाउने निर्णय गरेको थियो । प्रदेशले अहिले भएकै कार्यालयमा व्यवस्थापन गरेर नवीकरणको काम तत्काल सुरु गर्न निर्देशन दिएको थियो ।

जसअनुसार पहिलो चरणमा लाइसेन्स नवीकरणको काम सुरु गर्न लागिएको उप्रेतीले बताए । उनले अहिलेको कार्यालय र संरचनामा नयाँ लाइसेन्स वितरणको काम भने सुरु गर्न नसकिने बताए । नयाँ लाइसेन्स वितरणको लागि सबै मापदण्डा पूरा भएको ट्रायल सेन्टरसहित अन्य विभिन्न संरचनाहरु चाहिने बताउँदै उप्रेतीले चितवनमा यो संरचना नरहेको बताए ।

यो संरचना बनाउन बजेट भए पनि जग्गाको अभाव रहेको उनले बताए । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय अगाडिको सामुदायिक वनको खाली जग्गामा व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय ४ वर्ष अघि नै भएको थियो ।

४ वर्षअघि नै चितवनमा व्यवस्था कार्यालय स्थापना गरेर लाइसेन्स वितरण गरिने भन्ने निर्णय भए पनि जग्गा अभावका कारण हालसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय स्तरमा वनको जग्गा दिने सहमति भए पनि संघीय वन मन्त्रालयमा गएर रोकिएको उप्रेतीले बताए । वन क्षेत्रको जग्गा प्राप्तिको लागि संघीय वन मन्त्रालयले थप आवश्यक कागजात मागेको बताउँदै उप्रेतीले आफूहरुले प्रदेश मन्त्रालयमार्फत संघमा फाइल पठाएको बताए ।

संघीय मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय चितवनलाई जग्गा स्वामित्वमा दिने बित्तिकै अर्थात भोगचलन गर्न दिने बित्तिकै आफूहरुले भवनसहितको संरचना बनाउन सुरु गने उप्रेतीको भनाइ छ ।

संरचनासहितको नयाँ भवन बनेपछिमात्र लाइसेन्स वितरणको काम सुरु हुने भएकाले चितवनमा लाइसेन्स वितरण कहिलेबाट सुरु हुन्छ भन्ने अनिश्चित रहेको उप्रेतीले बताए ।

चितवनबाट अहिले सवारी सम्बन्धी सम्पूर्ण काम हुने गर्दछ । सवारी दर्ता, नामसारी र बिलबुकको प्रतिलिपि, बिलबुक नवीकरण, पटके जाँचपास र रुट परमिट लगायतका सेवा उपलब्ध छन् । अरु प्रदेशबाट बागमती प्रदेशमा नामसारी गर्न परेमा पनि चितवनकै कार्यालयबाट हुने गर्दछ । सवारी तथा लाइसेन्स सम्बन्धी सबै काम गर्न चितवनले सबै अधिकार पाए पनि संरचनाको अभावमा सबै सेवा वितरण दिन नसिकएको उप्रतीले बताए ।

लाइसेन्सका लागि चितवनवासीहरु हेटौंडा, बिरगञ्ज, काठमाडौं, पोखरा, कावासोती, बुटवल लगायतका शहरमा पुग्ने गर्दछन् । अधिकांश चितवनवासीहरु हेटांैडाको कार्यालयमा पुग्ने गरेको त्यस कार्यालयले जनाएको उप्रेतीले बताए ।

  • Sweet Nepal
  • sweet nepal . com
बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.