चितवनः आजभोली भिडभाड नहुने ठाउं त कहां होला , जहां तही हामी भिडभाड कोलाहल भेट्न सक्छौ । त्यस्ता भिडभाडमा नै वढी मात्रामा चोरहरु दाउ छोपरे वसिरहेका हुन्छन् ।
यसै सन्दर्भमा चितवनमा सात जना चोरहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरि सार्बजनिक गरेको छ । पक्राउ पर्ने सात जना नै भारतको गोरखपुरका रहेका छन् ।
पक्राउ पर्नेहरुमा २५ वर्षिया प्रियाङका देवी, २० वर्षिया अतिम्मा देवी, २५ बर्षिया पायल देवी, १८ वर्षिया नितु देवी, ३५ वर्षिया शिल देवी, ४० वर्षिया मञ्जु देवि र १८ वर्षिया आरोही भारती रहेका छन् ।
उनीहरुले माघ १ गते दिउँसो १२ः३० वजे शहिदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १० का बसन्त गिरी र सिता गिरीको झोलमा रहेको रु ६ हजार नगद र दुईवटा औठी चोरी गरेका थिए । ती औठी रु ९४ हजार बराबरको रहेको प्रहरीले जनएको छ । उनीहरुले गिरी दम्पतिलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरि ध्यान भड्काउने जस्ता कृयाकलाप गर्ने गरेको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । उनीहरुको साथबाट दुई थान सुनको औठी, रु ६ हजार नगद र दुई थान एटिएम वरामद गरीएको उहाँले बताउनुभयो ।
सोही समुहले त्यसै दिन भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरकी ७४ वर्षिया चन्द्रमायाँ श्रेष्ठको रु २ लाख बराबरको सुनको सिक्रि चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चोरी मुद्धामा चितवन जिल्ला अदालतबाट समय थप गरि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भिडभाडमा यस्ता प्रकृतिका मानिसहरुको विगविगी वढि मात्रामा देखिन्छ तसर्थ यस्ता मान्छे देखिएमा सजग भई प्रहरीलाई खवर गर्न समेत अनुरोध गर्नुभयो ।