• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

एमाले अधिवेशन : सुदूरपश्चिमका ८ जिल्लामा अधिवेशन सम्पन्न

धनगढी : नेकपा एमालेले सुदूरपश्चिमका ८ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ । गत पुस २३ गते एकैसाथ अधिवेशन शुरु भएका ८ जिल्लामा सर्वसम्मत र निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चुनिंदा संस्थापन पक्षको वर्चश्व छ । एकता प्रक्रियाबाट आएका र १० बुँदे पक्षधरहरु भने रक्षात्मक अवस्थामा देखिएका छन् ।

कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये बझाङमा भने अधिवेशन हुन बाँकी छ ।

१) कैलाली

सबैभन्दा बढी संगठित सदस्य रहेको कैलालीमा संस्थापन पक्षका रतन थापा र रणबहादुर चन्दले प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा चन्दलाई ४ मतले पराजीत गर्दै निवर्तमान अध्यक्ष समेत रहेका थापा विजयी भए । उपाध्यक्षमा संस्थापन पक्षकै दुर्गा जोशी विजयी भएका छन् ।

सचिवमा चन्द प्यानलका डेजी पाण्डे विजयी भएका छन् । उनले एकता प्रक्रियाबाट आएका निवर्तमान सचिव समेत रहेका दानबहादुर विकलाई पराजित गरेका हुन् । उपसचिवमा पनि उनकै प्यानलबाट उम्मेदवारी दिएका ममताप्रसाद चौधरी र लोकेन्द्र शाही विजयी भए ।

कैलालीमा पाँच जना पदाधिकारीमा मध्ये अध्यक्षसहित ४ जना संस्थापन पक्ष र उपसचिवमा विजयी शाही १० बुँदे पक्षधर हुन् । यहाँ पदाधिकारीमा एकता प्रक्रियाबाट आएका सबै जना पराजित भएका छन् ।

२) कञ्चनपुर

कञ्चनपुरमा एकता प्रक्रियाबाट आएका निवर्तमान अध्यक्ष बिरबहादुर थापा र निवर्तमान सचिव सुरेन्द्र विष्ट प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । त्यहाँ थापालाई पराजित गर्दै विष्ट प्यानलसहित विजयी भएका छन् । विष्ट भीमदत्त नगरपालिकाका मेयर समेत हुन् । उपाध्यक्षमा विष्ट प्यानलका लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट, उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ विजयी भएका छन् ।

कञ्चनपुरमा एकता प्रक्रियाबाट आएका पूर्व माओवादी र १० बुँदे पक्षधर एक ठाउँमा उभिएर चुनाव लडेपनि संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्न असफल भएका छन् ।

३) अछाम

एमालेका पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावलको गृह जिल्ला अछाममा उनी पक्षधर उम्मेदवार पराजित भएका छन् । रावल पक्षका प्रकाशबहादुर शाहलाई पराजित गर्दै संस्थापन पक्षका चन्द्र बोहरा विजयी भए ।

उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर, सचिवमा भीमबहादुर रावल र उपसचिवमा प्रेमबहादुर महर विजयी हुँदा उपसचिवमा संस्थापन पक्षका डम्बर बिसी पनि विजयी भएका छन् ।

४) दार्चुला

एमाले दार्चुलाको नयाँ नेतृत्व चयनका लागि पनि निर्वाचन भएको थियो । दार्चुलामा १० बुँदे पक्षधरका ज्ञानेन्द्र घर्तीलाई फराकिलो मत अन्तरले पराजित गर्दै संस्थापन पक्षका प्रेमसिंह धामी विजयी भएका छन् । उपाध्यक्षमा संस्थापन पक्षका चरन बुुढाथोकी, सचिवमा शेरसिंह धामी, उपसचिवमा खडक बडाल र एकता प्रक्रियाबाट आएकी चन्द्रादेवी कुुँवर विजयी भए ।

सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएका मात्र नभएर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएका जिल्लामा पनि संस्थापन पक्षकै वर्चश्व छ । सर्वसम्मत नेतृत्व चयन भएको बाजुरा, डोटी, बैतडी र डडेल्धुरामध्ये डोटीबाहेक सबै जिल्लामा संस्थापन पक्षले नै नेतृत्व पाएको छ ।

५) बैतडी

बैतडीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु गरिए पनि उम्मेदवारहरुलाई मनोनयन फिर्ता गर्न लगाएर सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गरिएको छ । यहाँ अध्यक्षमा मनोनयन दर्ता गराएका गोरखबहादुर चन्दले मनोनयन फिर्ता लिएपछि निवर्तमान अध्यक्ष समेत रहेका सुरेन्द्र पाल अध्यक्ष बने । उपाध्यक्षमा एकता प्रक्रियाबाट आएका रमील बम र सचिवमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष समेत रहेका चक्र कार्की सर्वसम्मत भए । उपसचिवमा सहमतिका आधारमा मनोनित गर्ने तयारी छ ।

६) डडेल्धुरा

डडेल्धुरामा भने संस्थापन पक्षका प्रकाशबहादुर साउँद सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा एकता प्रक्रियाबाट आएका धनबहादुर धामी (विवेक), सचिवमा संस्थापन पक्षका गजेन्द्र शाही, उपसचिवमा मीन बोगटी र अन्जु गैरे चयन भए । डडेल्धुरामा पदाधिकारीमा १० बुँदे पक्षधर अटाउन नसकेको पाइएको छ ।

७) बाजुरा

बाजुरा अध्यक्षमा भने निवर्तमान अध्यक्ष कालीबहादुर शाही दोहोरिएका छन् । संस्थापन पक्षकै शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनी जगन्नाथ गाउँपालिकाका अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् ।

८) डोटी

एमालेले डोटीमा पनि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा निवर्तमान अध्यक्ष समेत रहेका चक्र मल्ल पुनः सर्वसम्मत चयन भएका छन् । उनी १० बुँदे पक्षधर मानिन्छन् । उपाध्यक्षमा १० बुँदे पक्षधर मन्जु मलासी, सचिवमा संस्थापन पक्षका शेर बहादुर मल्ल सर्वसम्मत भएका छन् ।

९ जिल्ला रहेको सुदूरपश्चिममा बझाङमा हिमपातका कारण अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ ।

  • ८ जिल्ला
  • अधिवेशन
  • एमाले
  • सम्पन्न
  • सुदूरपश्चिम
शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.