नेपाली फिल्मकी अभिनेत्री जेनी कुँवरले देहत्याग गरेकी छन् । बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनी झु’न्डि’ए’को अवस्थामा भेटिएकी हुन् । उनले देहत्याग गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । जेनी विगत १ बर्षदेखि डि’प्रे’स’नमा रहेको बताइएको छ । घटनास्थलबाट प्रहरीले ‘सु’सा’इ’ड नो’ट’ समेत भेटाएको छ । शवसँगै सु’सा’ई’ड नो’ट पनि भेटिएको छ । नो’टमा उनले आफु ‘डि’प्रे’श’न’को शि’का’र’ भएको लेखेकी छिन् ।
उनी सनराइज सिटी अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमानको साथमा बस्दै आएकी थिइन् । जेनी भान्सा कोठामा ना’इ’न’ल’को डो’री’मा झु’न्डि’ए’को अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनले एक वर्षदेखि डि’प्रे’स’न’को औ’ष’धी से’व’न गरिरहेकी थिइन् । करीब ६ महिना उनी विपश्यनामा समेत बसेकी थिइन् । घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो ।
जेनीले फिल्म ‘जिन्दगानी’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यसयता ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा काम गरेकी उनी केही वर्षयता अभिनयमा सक्रिय थिइनन् । पछिल्लो समय उनले अधिकांश समय पशुपति परिसरमा विताउने गरेकी थिइन् । उनको निधनप्रति फिल्मकर्मीले शोक व्यक्त गरेका छन् । देहत्याग घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।