• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

यी महान पुरुष जसले कोरोना लागेको बिरामीलाई तन्नामा बोकेर अस्पतालसम्म पुर्याएर बचाए-सलुट छ उनलाई


यी महान पुरुष जसले कोरोना लागेको बिरामीलाई तन्नामा बोकेर अस्पतालसम्म पुर्याएर बचाए-सलुट छ उनलाई

माथिको तस्वीर प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- १० मा कोरोना संक्रमणपछि बेहोश भएका एक कोरोना संक्रमितलाई चार जनाले बेडशीटमा राखेर एम्बुलेन्सतर्फ लैजाँदैछन् ।उक्त कामको अगुवाइ जनकपुरकै युवा राकेशविक्रम साहले गरेका थिए ।

साहका अनुसार हिजो जेठ ३ गते जनकपुरका ख्याति प्राप्त वरिष्ठ साहित्यकार डा. रेवती रमण लालले आफ्नो छोराका लागि एम्बुलेन्स व्यवस्था गरिदिन भन्दै हारगुहार गरेका थिए ।
आफूले सकेसम्म चिनेजानेको एम्बुलेन्सलाई लालले फोन गरेका थिए, तर कुनै पनि एम्बुलेन्स आउन नमानेपछि कोभिड संकट व्यवस्थापनका लागि स्वत:स्फुर्त रूपमा परिचालन भएका साहलाई लालले फोन गरेका थिए।

लालको फोन आएपछि साहले पनि धेरैजसो एम्बुलेन्स चालकलाई फोन गरेका थिए तर एउटा मात्र एम्बुलेन्स खाली रहेको जानकारी पाए। त्यसपछि उनी त्यो एम्बुलेन्स लिएर लालको घर पुगे ।उनका छोरा संक्रमित भएर श्वास लिन समस्या भएको अवस्थामा बेहोश थिए । एम्बुलेन्स पुगेपछि घरबाट संक्रमितलाई एम्बुलेन्ससम्म पुर्‍याउने कोही व्यक्ति भेटिएनन् ।

‘लाल सर आफैं ८० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ, उहाँले आफ्नो छोरालाई उठाएर ल्याउन सम्भव थिएन,’ युवा राकेशविक्रम साहले लोकान्तरसँग भने, ‘त्यसपछि उहाँको बुहारी पनि बिरामी भएका कारण एम्बुलेन्ससम्म बोकेर ल्याउनका लागि कोही पनि तयार भएनन् ।’

कोरोना संक्रमित भएका कारण छिमेकमा रहेका कुनै पनि मानिस बिरामीलाई बोकेर एम्बुलेन्समा पुर्‍याइदिन तयार भएनन् ।‘एम्बुलेन्स चालकले एम्बुलेन्स लगेर एम्बुलेन्सको ढोका खोल्ने र लगाउने मात्र काम गर्छन्, बिरामीलाई बोकेर एम्बुलेन्समा राख्दैनन्,’ साहले थपे, ‘त्यसपछि मैले आफ्नो टीममा रहेका साथी जितेन्द्र साहलाई चार जोडी ग्लोभ्स मगाउन पठाएँ।’

ग्लोभ्स लिएर आएपछि बिरामी सुतेको बेडशीट (तन्ना)को दुई कुना मात्र उठाएर एम्बुलेन्ससम्म राख्न त्यहाँका स्थानीयलाई आग्रह गरेको र स्थानीय दुई जनासँग मिलेर आफूहरूले एम्बुलेन्समा चढाएको साहले बताए ।‘एम्बुलेन्स प्रादेशिक अस्पताल जनकपुर पुगेपछि एम्बुलेन्सबाट अस्पतालको शय्यासम्म पुर्‍याउन त्यहाँ कुनै पनि स्वास्थ्यकर्मी तयार नभएपछि फेरि हामीले नै जसोतासो बिरामीलाई अस्पतालको बेडसम्म पुर्‍याएका थियौं,’ साहले लोकान्तरसँग भने ।

साहले बिरामीलाई बोकेर एम्बुलेन्समा चढाएको फोटो सामाजिक सञ्जालमा कसैले पोस्ट गरेपछि उनको चौतर्फी प्रशंसा भएको छ।साह नेपाली कांग्रेसको तरुण दलका नेता समेत हुन् ।त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा रहेको नेपाल विद्यार्थी संघ र तरुण दल सहितका २५ जना युवा मिलेर आफैं क्विक रेस्पोन्स टीम गठन गरेका छन् ।

उक्त टीमले संक्रमित भएर घरमा होम आइसोलेसनमा बसेका बिरामीहरूलाई चिकित्सकसहित लगेर घरमा उपचार गराउने, विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर खोजेर संक्रमित बिरामीलाई घरमा नै सिलिन्डर पुर्‍याइदिने, स्वास्थ्यकर्मीसहितको टोली लगेर सिलिन्डर जडान गर्न लगाउने जस्तो काम अहिलेको महामारीमा गर्दै आएको साह बताउँछन् ।

रगत अभाव भएपछि रक्तदान गर्ने, स्वास्थ्य उपचारका लागि औषधि सामग्री किनेर संक्रमितको घरमा पुर्‍याइदिने जस्तो काम गरेको उनले बताए।साहले गत वर्षको कोभिड महामारीमा पनि यसैगरी काम गर्नुका साथै विभिन्न असहाय व्यक्तिलाई खाद्यान्नसहितको राहत सामग्री वितरण गराएका थिए।

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.