• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा


खोटाङ, असार १६- खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो ।

वडा कार्यालय इन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभयो । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरात समुदायको बाबु ९चिण्डो०, हिन्दू धर्मावलम्बीका लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीमा जातीय बाहुल्यताको हिसाबमा मगर समुदायको सङ्ख्या कम छन् । सबै जातजाति तथा समुदायको पहिचान स्थापित गर्न बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको हो ।”

नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा खोटहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले औपचारिक रूपमा अनावरण गर्नुभएको हो । खुर्पेटोको प्रतिमा अनावरण कार्यक्रममा मगर समुदायको सांस्कृतिक नाच हुर्रासमेत प्रस्तुत गरिएको थियो ।

सो अवसरमा गाउँपालिका प्रमुख मुक्तिले इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमाले जातीय सद्भाव तथा धार्मिक सहिष्णुताको विकास गर्न मद्दत पु¥याउने बताउनुभयो । “आफ्नो अधिकार मागेर होइन, लडेर लिनुपर्छ । हाम्रो भाषा, धर्म तथा संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ,” उहाँले भन्नुभयो, “आदिवासी जनजातिको पहिचान भनेको आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति हो । यसलाई सबैले जगेर्ना गर्नुपर्दछ ।”

खुर्पेटो मगर समुदायको धार्मिक एवम् सांस्कृतिक प्रतीक चिह्न भएकाले बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटोले मगर समुदायको पहिचानलाई बलियो बनाउने विश्वास गरिएको नेपाल मगर सङ्घ खोटाङका अध्यक्ष युवराज मगरले बताउनुभयो । खुर्पेटोको प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खोटाङकै मूर्तिकार रोजन राईले धरानमा फाइबर प्रयोग गरेर निर्माण गर्नुभएको प्रतीक चिह्न खुर्पेटो आठ फिट अग्लो रहेको नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीले जनाएको छ । खुर्पेटो राखिएको ठाउँमा छवटा पाटा बनाएर मगर समुदायको झण्डा, प्रथम सहिद लखन थापामगरको तस्बिर, जातीय वेशभूषा, धर्म तथा सांस्कृतिक क्रियाकलापको तस्बिर र इन्द्रेणीपोखरीका मगर जातिको पुस्तावलीसम्बन्धी शिलालेख राखिएको स्थानीय शिक्षक दलकुमार आलेमगरले जानकारी दिनुभयो ।

इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित खुर्पेटोको प्रतिमा सबैको आकर्षणको केन्द्र बनेको छ । नेपाल मगर सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष नवीन रोक्कामगरको कार्यकालमा मगर जातिको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा बनाउने निर्णय भएपछि देशभरका मगर समुदायले आ–आफ्नो क्षेत्रमा निर्माण गरिरहेका छन् ।

परापूर्वकालदेखि प्राकृतिक पोखरी रहेको इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा सङ्घ, प्रदेश र स्थानीय तहका गरी रु दुई करोड १२ लाखभन्दा बढी सरकारी कोषको रकम खर्च भइसकेको जनाइएको छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल इन्द्रेपोखरीको चौतर्फी विकास गर्न भुइँ ढलान, बाल उद्यान, पानीको फोहोरा निर्माण गर्नाका साथै संरक्षणका लागि घेराबारसमेत निर्माण गरिएको छ ।

इन्द्रेणीपोखरीका नाममा रहेको २१ रोपनी सार्वजनिक जग्गामा रहेका प्राकृतिक पोखरीलाई मासेर ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी बनाइएको छ । स्तरोन्नति नगरेसम्म यो पोखरी जलहाँस र मलेवाको क्रिडास्थल थियो । तर, पोखरीको भुइँमा सिमेन्ट र बालुवाले ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानी सुकेको छ ।

हरेक नयाँ वर्षमा बृहत् मेला लाग्ने इन्द्रेणीपोखरी समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा पर्दछ । सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला र तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिने यो ठाउँमा निर्माणाधीन बहुसांस्कृतिक पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । रासस

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.