चितवन, असार ६- मेषः आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ, अतः सचेत रहनु उचित होला । युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्नेछ । बेलुकी पखको शुभ समाचारले मन गदगद हुनेछ ।
वृषः तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । आफ्ना कमजोरी पक्षलाई सुधार्दै जीवन शैलीमा परिवर्तन ल्याउने समय रहेको छ । व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ ।
मिथुनः शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ ।
कर्कटः सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भईनेछ । कार्यक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । कमजोरी पक्षलाई सुधार्दै जीवन शैलीमा परिवर्तन ल्याउने समय रहेको छ ।
सिंहः स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । न्यायिक मामलाहरुमा पक्ष कमजोर रहला, विशेष सावधान रहनु राम्रो पक्ष हुनेछ ।
कन्याः आज आसमारेको कार्य बन्नाले मनमा स्फूर्ति जाग्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । शुभ कर्ममा सहभागि भइएला । आदर्श व्यक्तिसंग सहकार्य हुनेछ । बेलुकी पख झैझगडा कोलाहलमा परिएला, सचेत रहनु होला ।
तुलाः गरिएका कार्यबाट उचित फल मिल्नेछ । केहि समस्या देखिए पनि आय आर्जनमा रमाउने समय रहेको छ । व्यवसायिक यात्रा हुन सक्नेछ । दाम्पत्य जीवन तथा प्रेम प्रसङ्गमा रमाउने दिन रहेको छ । मिष्ठान भोजनको अवसरले मन त्यसै फुरुङ्ग हुनेछ ।
बृश्चिकः काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । विपक्षीले अलिक सताउने भएकाले सचेत भएर काम गर्नुपर्ने समय छ । नोकरी तथा पेशा व्यवसायमा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनु राम्रो पक्ष हुनेछ ।
धनुः आज तपाईंका लागि दिन सामान्य छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने योग छ । सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । कानुन विपरीत कार्य नगर्नुहोला । स्वास्थ्यलाई लिएर आहारविहारमा सजकता अपनाउनु होला ।
मकरः मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्नेछ । आज एकमाथि अर्को काम थपिएर अलिक झन्झट निम्ताउन सक्नेछ ।
कुम्भः राम्रोसँग कुरा बुझेर मात्र प्रतिक्रिया दिनु राम्रो हुनेछ । अरुको भनाइ भन्दापनि राम्रो सोचेर काम गर्नुहोला । बाहिर कतै भेटघाटमा जानुअघि फोन वार्ता गरेर जाँदा समयको बचत हुनेछ । सांझपख भने कहीँ कतैबाट नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।
मीनः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । बेलुकी पख अप्रिय समचार सुन्न पर्ने होकि जस्तो देखिन्छ ।