• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला


हेटौँडा, फागुन २०-  जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् ।

तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् ।

लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आउनुभएकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही वर्ष अगाडि दामन महिला अल्लो ह्याण्डीक्राफ्ट उद्योग दर्ता गरेर समूहमा काम गर्न सुरु गर्नुभएको बताउनुभयो ।

तरकारीखेतीका लागि पकेट क्षेत्र मानिने थाहा नगरकी उहाँले जग्गा हुनेका लागि खेतीपाती राम्रो भए पनि जग्गा नहुने वा थोरै हुनेका लागि आम्दानीको स्रोत खोज्न मुश्किल परेको भन्दै व्यावसायिक रूपमा अल्लोको कपडा उत्पादन सुरु गरेको जानकारी दिनुभयो ।

करिब ४० वर्षीया गोपालीले आफ्नो सबै ऊर्जा अल्लोको उद्यम उत्पादनमा लगाउने कोसिसमा रहेको जनाउँदै सुरुआती दिनमा निकै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “खेती गर्न धेरै जग्गा छैन । जागिर पनि भने जस्तो नपाउने भएपछि वनमा पाइने सिस्नो जस्तै हुने अल्लोको पाटबाट कपडा बनाएर बेच्ने सपना देखेँसँगै मैले यसको तालिम लिएको थिएँ ।” उहाँका अनुसार साथ र सहयोग प्राप्त भएमा स्थानीय अल्लोलाई एउटा उचाइमा लैजाने योजना छ ।

“सिस्नो खाएको र स्वास्थ्यका लागि फाइदा हुने कुरा प्रायःसबैलाई थाहा छ तर सिस्नोबाट कपडा बनाएर लगाउँदा पनि फाइदा हुन्छ भन्ने धेरैलाई थाहा नहुनु सक्छ । वनमा छ्याप्पछ्याप्ती पाइने सिस्नो प्रजातिको अल्लोबाट कपडा बनाउने व्यावसाय सुरु गरेका छौँ । लुगामात्र होइन यसबाट बनेको मोजा र जुत्तासमेत लगाउन पाइन्छ”, गोपालीले भन्नुभयो ।

स्थानीय कोपिला गोपालीले पनि स्वरोजगारका लागि समूहमा बसेर अल्लोको कपडा उत्पादनमा लागेको बताउनुभयो । उहाँको समूह यतिबेला त्यस क्षेत्रको जङ्गलमा पाइने सिस्नो प्रजातिको अल्लो टिप्न, चुट्न अनि कपडा बुन्न व्यस्त छ । वर्षमा तीन महिना खेतीपाती र बाँकी समय कपडा बुन्नमा खर्चिने उहाँको भनाइ छ ।

कोपिलाका अनुसार तीन किलो धागोको दशदेखि बाह्र मिटरसम्म तयारी कपडा हुन्छ । बढ्दो बजारको मागसँगै यसको उत्पादन पुर्‍याउन अझ बढी मेहनत गर्नुपर्ने उहाँको भनाइ छ ।

अहिले मागबमोजिमको उत्पादनका लागि जनशक्ति कम रहेको कोपिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “कपडा बनाउन जति सजिलो छ धागो कात्न कठिन छ, अल्लोबाट धागो बनाउन जङ्गलबाट काँचो लाथ्रा ल्याउनुपर्छ ।”

पाट निकालेपछि सुकाएर ठूलो फलामे कराइमा पकाउने र त्यसपछि फेरि कमेरो माटोमा चोपेर सुकेको पाट खोलामा लगेर दोहोर्‍याएर चुट्नुपर्ने उहाँले जानकारी दिनुभयो । “यसपछि मात्र धागोको कच्चा तयार हुन्छ । त्यसैलाई चर्खाको सहायताले धागो निकालिन्छ”, उहाँले भन्नुभयो ।

विसं २०६६ देखि उद्यम दर्ता गरेर समूहमा भएका महिलाले सञ्चालन गर्दै आउनुभएको यो उद्योग हाल स्थानीय ‘सरकार र ग्रिन फाउण्डेशन नेपाल’ नामक संस्थाको सहकार्यमा उद्यम विकास स्तरोन्नति भइरहेको थाहा–३ का वडाध्यक्ष हीरेन्द्र रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार अब उद्योगमा उत्पादन बढाउनका लागि थप तालिम र भौतिक सहयोगसमेत गर्ने योजना छ ।

यस समूहले ऋषेश्वर सामुदायिक वनमा छ्यापछ्याप्ती पाइने अल्लोलाई प्रशोधन गरेर रेशा निकाली बजारमा रुचाइने आकर्षक डिजाइनमा तयार पारिएको कपडा विदेशीका लागि कोसेलीदेखि लिएर मेला, महोत्सवमा प्रदर्शनमा राखिने रायमाझीले बताउनुभयो । करिब १५ वर्ष अगाडिसम्म वनमा छ्यापछ्याप्ती पाइने अल्लोबाट कपडा बन्ला भनेरे कहिल्यै नसोचको उहाँको भनाइ छ ।

ऋषेश्वर सामुदायिक वनको सक्रियतामा समूहका महिलाले अल्लोबाट कपडा बुन्ने सीप पाएका हुन् । सबैको सहयोगमा नमुना उत्पादन थालेका महिलाले अहिले व्यावसायिक रूपमा कपडा उत्पादन गरिरहेका छन् ।

वनमा आधारित उद्यम विकासका लागि लागिरहेको संस्था ग्रिन फाउण्डेशन नेपालले उद्यमको स्तरीकरण र बजारीकरणमा सहयोग गरिरहेको संस्थाकी कोषाध्यक्ष आरती पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले महिलालाई क्षमता विकासको तालिम मात्र दिएर विकास नहुने रहेछ । यसका लागि आर्थिक अवस्था सुधार गर्न आवश्यक देखियो, त्यसैले महिलालाई उद्यम विकासको अभियान चलाएका हौँ ।”

वनमा आधारित उद्यमबाट महिलालाई उद्यमी बनाउन निरन्तर प्रयार गरिरहेको संस्थाकी कोषाध्यक्ष पाठकले जानकारी दिनुभयो । यसका लागि आर्थिक स्रोत र इच्छा शक्तिको आवश्यकता पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मकवानपुरमा वनमा आधारित छ वटा उद्यमका लागि प्रत्यक्ष र ३७ वटा उद्यमका लागि अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

अल्लोको कपडा उत्पादनले थाहाका स्थानीय महिला स्वरोजगार बन्नुका साथै आम्दानी पनि बढाइरहेका छन् । औद्योगिक व्यापार मेला, पर्यटकीय क्षेत्रका पसल तथा स्थानीय क्षेत्रमा अल्लोको कपडाको राम्रो बजार छ । स्थानीय क्षेत्रमा पनि यसको माग बढ्दो छ ।

महिलाहरूले अल्लोको धागो कात्ने, कपडा बुन्ने, ‘मनिपर्स’ बनाउने, महिला तथा पुरुषले बोक्ने झोला, स्टकोटलगायत सामग्री सिलाउँछन् । दामन घुम्न आउनेले अल्लोको समान चिनोका रूपमा लैजाने गरेका महिला उद्यमी बताउँछन् । सिस्नो प्रजातिको अल्लोको कपडाले छाला रोगलाई फाइदा गर्नुका साथै न्यानो प्रदान गर्ने आम उपभोक्ताको भनाइ छ । रासस

 

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

भर्खरै

  • १.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • २.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.