×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

देवघाट महामहोत्सव २०८१: ३० लाख भक्तजनको सहभागिता, अर्बौको कारोबार


देवघाट महा-महोत्सव २०८१ को समापनपछि आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले महोत्सवको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गरेको छ।

विश्व जागरण महाअभियान ट्रस्टका अधक्ष तथा महोत्सवका सत्संकल्पकर्ता इश्वर कृष्ण महाराज, नृसिंह धाम पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारी र महामहोत्सव्का संयोजक डा. केशव राज भुर्तेलले महोत्सवमा भक्तजनहरूको उल्लेखनीय सहभागिता, आर्थिक संकलन, तथा सामाजिक योगदान बारे विस्तृत जानकारी गराउदै पत्रकारका प्रश्न हरुको उत्तर दिनुभयो ।

आयोजकका अनुसार, देशभरका करिब २८ देखि ३० लाख भक्तजन प्रत्यक्ष रूपमा महोत्सवमा सहभागी भएका थिए। देवघाट क्षेत्रभित्रका नौ वटा धार्मिक संघ-संस्थाहरूले बगर क्षेत्रमा पण्डाल तथा काउन्टर स्थापना गरी धार्मिक अनुष्ठान सञ्चालन गरेका थिए भने सम्पूर्ण आश्रमहरूले आफ्ना परिसरभित्रै आर्थिक संकलन गरेका थिए।

यस महोत्सवबाट करिब ६० करोड रुपैयाँ बराबरको आर्थिक संकलन भएको अनुमान गरिएको छ। सोहि अनुपातमा अनेक आश्रम तथा संघ संस्था हरुमा जिन्सी समेत संलग्न गरिनुका साथै, महोत्सव अवधिभर भक्तजनहरूले गरेको दान, होटल, यातायात, डुंगा सेवा, पार्किङ, अस्थायी स्टल, खाजा घर लगायतका क्षेत्रहरूमा करिब २ अर्ब रुपैयाँको कारोबार भएको आयोजकको प्रक्षेपण छ।

विश्व जागरण महाअभियान ट्रस्ट को मातहतमा महामहोत्सव अवधिभर भक्तजनहरूबाट संकलित जिन्सी सामग्री करिब ७० लाख रुपैयाँ बराबर रहेको छ। यी सामग्रीहरू देशभरका ३० भन्दा बढी गुरुकुल, अनाथालय, अपांग आश्रम, गौशाला तथा वृद्धाश्रमहरूसहित ५० भन्दा बढी धार्मिक तथा सामाजिक संस्थाहरूलाई वितरण गरिएको छ।

महामहोत्सव सम्पन्न भएको केवल ५ दिन भित्र पत्रकार सम्मेलनमार्फत विश्व जागरण महाअभियान ट्रस्टले महोत्सवको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गरेको छ। चार्टर्ड एकाउन्टेन्ट (सिए) टोलीको सहयोगमा तयार पारिएको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आयोजक समितिले संकलित सम्पूर्ण सहयोग निर्धारित शीर्षकहरूमा मात्र खर्च गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

संयोजक डा. भुर्तेलले “भक्तजनहरूको श्रद्धा र विश्वासलाई कुनै पनि प्रकारले प्रभावित हुन नदिने” प्रतिबद्धता व्यक्त गर्दै, महोत्सवबाट संकलित प्रत्येक रुपैयाँ पारदर्शी रूपमा व्यवस्थापन गरिने बताउनुभयो। साथै, सम्बन्धित निकाय तथा भक्तजनहरूलाई निरन्तर अनुगमन, निरीक्षण र खबरदारी गर्न आग्रह गर्नुभयो।

महोत्सव अवधिभर देवघाट क्षेत्र विकास समिति, स्थानीय टोल विकास समिति, नगरपालिका, गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा सुरक्षा व्यवस्थापन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय तथा अन्य सुरक्षा निकायहरूको प्रत्यक्ष सहभागिताले महोत्सवलाई सुव्यवस्थित बनाएको आयोजकको निष्कर्ष छ।

देवघाट महामहोत्सव २०८१: पारदर्शी आर्थिक विवरण सार्वजनिक, करिव २४ करोड सेवाश्रम र दिव्यधाम निर्माणमा समर्पण
आयोजक विश्व जागरण महाअभियान ट्रस्टका अनुसार महोत्सवका लागि देवघाट क्षेत्र विकास समितिबाट आधिकारिक अनुमतिपत्र प्राप्त गरी ३५०१ देखि ८०००० सम्मका रसिद छपाइ गरिएका थिए। तीमध्ये ३५०१ देखि ७४०३१ सम्मको ६७,८५९ वटा रसिद काटिएको छ। रसिदमार्फत संकलित रकम, बैंक क्युआर, चेक तथा दानबक्सबाट प्राप्त रकम गरी कुल २७ करोड ४५ लाख ५६ हजार ९८० रुपैयाँ महोत्सव अवधिमा संकलन भएको जानकारी दिइएको छ।

महोत्सव सञ्चालनका लागि विभिन्न शीर्षकमा खर्च भएको विवरण पनि सार्वजनिक गरिएको छ। महोत्सव अवधिमा पण्डाल व्यवस्थापन, साउण्ड सिस्टम, विशिष्ट व्यक्तित्वहरूको सम्मान, आवास तथा यातायात व्यवस्थापन, प्रचार-प्रसार लगायतका शीर्षकमा २ करोड ९१ लाख ७१ हजार ५८२ रुपैयाँ खर्च गरिएको छ। यसका अतिरिक्त, पुनः प्रयोग गर्न सकिने सामग्रीहरू खरिद तथा भौतिक संरचनाहरू निर्माण गर्न ४९ लाख ३० हजार ५२५ रुपैयाँ खर्च गरिएको छ।

सकल आय मा खर्च कटौतीपछि बचत रहेको २३ करोड ९७ लाख ९ हजार ८७३ रुपैयाँ देवघाट दिव्यधाम तथा मातापिता सेवाश्रम निर्माणका लागि समर्पित गरिने आयोजक ट्रस्टले जनाएको छ। आर्थिक पारदर्शिताका लागि चार्टर्ड एकाउन्टेन्टहरूको टोलीमार्फत लेखा परीक्षण गरिएको र सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरिएको आयोजकले स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापन समितिका पदाधिकारीहरूले महोत्सव सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, सुरक्षा निकाय, भक्तजन तथा संलग्न संघ-संस्था सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकमको पारदर्शी उपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजकहरूले महोत्सवमार्फत देवघाट क्षेत्रको धार्मिक तथा सामाजिक विकासलाई थप सशक्त बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै भविष्यमा पनि यस किसिमका आध्यात्मिक तथा सेवा मूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएका छन्।

संयोजक डा. भुर्तेलले महोत्सवलाई सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, संघ-संस्था, सुरक्षा निकाय, पत्रकार मित्र, भक्तजन र सबै सहयोगी मनहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ भव्य र व्यवस्थित रूपमा महामहोत्सव आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

देवघाट महामहोत्सव २०८१ ले धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै सामाजिक एवं आर्थिक क्षेत्रमै ठुलो प्रभाव पारेको देखिन्छ। यसले हिन्दू धर्मको प्रचार-प्रसार, धार्मिक पर्यटनको प्रवर्द्धन, स्थानीय व्यापार प्रवाह तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएको छ।

महोत्सव आयोजक समितिले भक्तजनहरूको निरन्तर साथ, समर्थन र आस्थालाई उच्च सम्मान गर्दै आगामी वर्षहरूमा यो अभियानलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.