• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भरतपुरमा अन्तर वडा उपमेयर कप भलिबल प्रतियोगिता सुरु


चितवन, माघ १६– भरतपुर महानगरपालिकाको आयोजनामा आज (बुधबार)देखि अन्तर वडा उपमेयर कप (महिला÷पुरुष) भलिबल प्रतियोगिता सुरु भएको छ । भरतपर–१०, स्थित गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समुद्घाटन गर्नुभयो ।

सो क्रममा बोल्दै प्रमुख दाहालले महिलाहरुलाई पनि समावेश गर्ने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । महानगरले सबै खालका खेलकुद गतिविधिलाई बढाउँदै लगेको भन्दै पूर्वाधार निर्माणमा पनि लागिपरेको बताउनुभयो । उहाँले नयाँ कवर्डहलको रुपमा पटिहानीमा निर्माण गरिएको भन्दै क्रिकेट खेलका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अगाडि बढाएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई शुभकामना दिँदै आगामि दिनमा उपमेयर कप भलिबललाई अझै भव्य बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरको आफ्नै टिम बनाउने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले खेलसंगै आत्मियता भाइचारा कायम गर्ने भएकाले अनुशासित भएर खेल खेल्न सबैमा आग्रह गर्नुभयो । उहाँले आगामि दिनमा अझै व्यवस्थित र भव्य रुपमा प्रतियोगितालाई आयोजना गरिने बताउनुभयो ।
उद्घाटन समारोहमा भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतो, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समुद्घाटन सत्र उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यसैबीच प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुर वडा नं.१४ विजयी भएको छ । वडा नं.२४ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नं.१४ दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो दिन पुरुष र महिलातर्फ समान ३ खेल भएका छन् । पुरुषतर्फको अन्य खेलमा भरतपुर वडा नं.७ ले वडा नं.२२ लाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । तेस्रो खेलमा वडा नं.२८ ले वडा नं.२३ लाई पनि २–१ ले नै पराजित गर्दै दोस्रो स्थानमा प्रवेश पायो ।

महिलातर्फको दुई खेलको नतिजा निस्कियो भने अन्तिम खेलमा भरतपुर १३ र वडा नं.२३ बी बीचको खेल १–१ सेट जितपछि खराब प्रकाशका कारण आजलाई स्थगित गरी भोलि पुनः खेलाईने जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्माले जानकारी दिए ।

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०र१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

बुधबार, माघ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.