• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

किसानलाई कुनै मौसममा आराम हुँदैन !

महोत्तरी, पुस १३-  करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ । यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ छ । चिनी मिल (उद्योग) सञ्चालनमा आएसँगै उखु काट्ने, बयलगाडा र ट्याक्टरमा लोड गरेर मिल गेट पुर्‍याउने चटारो छ । यस्तै खुट्टी उखु (दोस्रो वर्षको बाली)काटेर गहुँ र अन्य हिउँदे बाली लगाउने समय घर्कँदै छ । यसै बेला वैशाखी मौसमी तरकारी रोप्ने र तयार तरकारी पालोमा टिपेर बजार पुर्‍याउने धपेडी छ । एकपछि अर्को कामले पुसको जाडो भन्न नपाइएको किसान बताउँछन् ।

अहिले किसानलाई सबैभन्दा बढी धपेडी खुट्टी उखु भएको खेत खाली गरेर बाली लगाउन पर्ने काममा छ । “भनेको बेला उखु कटानको चलान चिनी मिलले दिँदैन, खेत खाली गरेर खनजोत गरी समयभित्र बाली नलगाए छ महिना खेत बाँझै बस्छ”, बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्नुहुन्छ, “सबैभन्दा बितेको खुट्टी उखुको खेतमा गहुँ छर्नु छ ।” ढिलोमा पुसको तेस्रो साताभित्र गहुँ छरी सक्नुपर्ने हुँदा यसले छोपेको महतोको भनाइ छ । यसैगरी वैशाखी मौसमी तरकारी पनि पुसभरिमा रोपी सक्नुपर्ने उहाँले बताउनुभयो ।

हिउँदे तरकारी पालोमा टिपेर बजार पुर्‍याउन एक दिन ढिलो हुँदा बुढिने, कक्रिने हुन्छ । मुखको बाली जाडो भनेर हात बाँधे बेहात हुने भङ्गाहा–४ रामनगरका किसान शुभनारायण ठाकुर बताउनुहुन्छ । “हामीले जाडो भगाउने नै खेतीका काममा दलिएर हो”, ठाकुर भन्नुहुन्छ । छिप्पिदो जाडो र खेतीको धमाधमकै बेला अब तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व नजिकिँदा घरका गृहिणी त्यसको मेसोमा लाग्न थालेका छन् । यस पर्वका परिकार तिल, चिउरा, जुनेलो र मुरीका लाई (सख्खरमा मुछेर बनाइने लडडु) हुँदा गृहिणी मुरीको धान छुट्याउने, उसिन्ने र चामल बनाउने तयारीमा लागेका छन् । यसैगरी गृहिणीका लागि पर्वका तिला चुट्ने, निफन्ने, फल्ने (पानीमा भिजाएर कत्ला फाल्ने) र घाममा सुकाउने काम सँगसँगै छ ।

पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लडडु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सख्खर पकाउन थालेका छन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । तिलासक्रायत पर्व किसानका लागि आर्जनको अवसर पनि भएको हुँदा यस पर्वका आवश्यक उत्पादित फसलले राम्रो भाउ पाउँछन् । पर्वमा तिला, सख्खर, सखरखण्ड (सुठुनी) , तरूल, मास, पिडालुसहितका उत्पादित फसल प्रयोगमा आउनेहुँदा यस्ता फसल लगाएका किसान यी बस्तु बेचेर रकम आर्जनको ताकमा छन् ।

पर्व लक्षित सख्खर बनाउने र तिला चुट्ने निफन्ने कामले छोपे पनि सखरखण्ड, पिडालु र तरूलसहितका कन्दमूल खन्ने र बजार लाने कामभने पुस २५ पछि नै गरिने किसान बताउँछन् । जति जाडो छिप्पिदै जान्छ त्यति कामले थिच्दै जानेहुँदा किसानले लगलगी मुटु कमाउने जाडोमा पनि आराम नपाउने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतर बताउनुहुन्छ । हिउँदे बाली समेट्ने र लगाउने दुबै ताकको बेला परेको हुँदा अहिले कामैकामको चटारोभित्र आफूहरू रहेको बाँतरको भनाइ छ ।

“चिसो सिरेटो बहेको बह्यै छ, बिहान हुस्सुले डम्म ढाक्छ, जाडो त छ नि ! तर खेतीपातीका कामले समय थामी दिँदैन, बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्नुहुन्छ, “अहिले जाडो मानेर काममा नगए जहान परिवारको मुखमा माड लाग्दैन ।” अहिले उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन ठूलो भठ्ठी चुलोमा खुदो उमाली रहनुभएका यादवले उखु फसलबाट वर्षभरिको खाने अन्नको जोहो गर्नुपर्दा अहिले मिठ्ठाले राम्रो भाउ पाउने बेला जाडो नभनी काममा लाग्नु परेको बताउनुभयो ।

“वर्षभरि केही महिनाको अन्तरमा फरकफरक मौसम हुन्छन्, कहिले जाडो, कहिले गर्मी र कहिले वर्षा, सबै मौसममा खेतीका आआफ्ना तुक ९समय० हुन्छन्”, बर्दिबास–६ प्रेमनगरका ७५ वर्षीय किसान रामउद्गार महतो भन्नुहुन्छ, “किसानका लागि कुनै मौसम आरामका हुँदैनन्, मौसमअनुसारका खेतीमा राम्रो उत्पादन लिनु हाम्रो सफलता हुन्छ ।” त्यसैले मध्य पुसताकाको लगलगी मुटु कमाउने जाडोमा पनि किसान खेतीका कामको तुकमै जोतिनुपरेको महतो बताउनुहुन्छ । रासस

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.