×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मंसिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति, १९ प्रतिशतले बढ्यो श्रम स्वीकृति लिनेको संख्या


काठमाडौँ, पुस ११-  चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आवमा पाँच महिनाकै सबैभन्दा बढी हो ।

यो समाचार गोरखापत्र दैनिकमा छ, वैदेशिक रोजगार विभागका अनुसार मङ्सिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कात्तिकमा ७० हजार ९९० जना, भदौमा ५७ हजार ४९३ जना र साउनमा ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

१९ प्रतिशतले वृद्धि

विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवको यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १८.६८ प्रतिशतले बढेको छ । गत आवको सो अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले श्रम स्वीकृति लिएकामा चालु आवको यस अवधिमा तीन लाख २५ हजार ८१० जनाले श्रम स्वीकृति लिएर बिदेसिएको विभागले जनाएको छ । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवमा ५१ हजार २९३ जनाले बढी हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मङ्सिरमा श्रम स्वीकृति जारी भएको जानकारी दिनुभयो । पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः जानेको सङ्ख्या धेरै भएकाले पनि विगतको तुलनामा सङ्ख्या बढेको उहाँको भनाइ छ ।

मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आवदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ । निर्देशक सुवेदीका अनुसार दसैँतिहार र छठ मनाएर फर्किने धेरै भएकाले नेपाली श्रमिकको सङ्ख्या कात्तिक र मङ्सिरमा धेरै भएकाले आउँदो पुसदेखि यो सङ्ख्या केही घट्छ ।

धनुषा पहिलो

मङ्सिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा जिल्लागत रूपमा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङ रहेका छन् । यस अवधिमा सबैभन्दा धेरै धनुषाका चार हजार ३७३ युवाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम मनाङका १५ युवाले मात्रै श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस अवधिमा झापाबाट चार हजार ६४ जना, मोरङबाट तीन हजार ५७९ जना, सिराहाबाट तीन हजार २९३ जना छन् ।

यस्तै महोत्तरीबाट दुई हजार ९४०, सुनसरीबाट दुई हजार ७९३, रुपन्देहीबाट दुई हजार ६५४, सप्तरीबाट एक हजार ८१५ जना र बागलुङबाट एक हजार ७१२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम वैदेशिक रोजगारीमा कम जाने जिल्ला क्रमशः मनाङ १५, मुगु ३८, मुस्ताङ ४९, डोल्पा ५६, कालीकोट ७८ र हुम्लाका ७९ जना छन् ।

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ८.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.