चितवन, १४ मंसिर । भरतपुरको लायन्सचोकमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडले १७ वर्षको अवधिमा करिब ३२ सय शेयर सदस्य पुर्याएको छ । विसं २०६४ चैत १४ मा २५ जनाबाट सुरु भएको सहकारीमा अहिले तीन हजार एक सय ८० जना शेयर सदस्य पुगेका हुन् ।
आज भरतपुर–२ स्थित दियालो फुडल्याण्डमा भएको सहकारीको १७औँ वार्षिक साधारणसभाका क्रममा अध्यक्ष बालगोपाल चुकेले प्रति सदस्य ५० हजार रुपैयाँका दरले जम्मा १२ लाख ५० हजार रुपैयाँ जम्मा गरेर सुरु भएको सहकारीको जारी शेयर पुँजी १० करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेकोमा शेयर पुँजी पाँच करोड २० लाख पुगेको बताउनुभयो । संस्थाले समुदायमा आधारित उत्कृष्ट, व्यवसायिक एवम् दीगो वित्तीय सहकारी संस्था परिकल्पना सहित चार वर्षे रणनीतिक योजना निर्माण गरी व्यवसायिक, सामाजिक र सदस्यमैत्री सेवाको लागि अगाडि बढिरहेको चुकेले बताउनुभयो । सहकारीमा एक हजार चार सय ३३ जना महिला शेयर सदस्य तथा एक हजार सात सय १३ जना पुरुष सदस्य एक जना संस्थागत शेयर सदस्य तथा एक हजार दुई सय ६२ जना बाल तथा खुत्रुके बचत सदस्य रहेको चुकेले बताउनुभयो ।
संस्थासँग फिर्ता गर्न बाँकी बचत २७ करोड ७८ लाख १० हजार दुई सय ६६ रुपैयाँ, लगानीमा रहिरहेको ऋण २९ करोड ५५ लाख नौ हजार एक सय ४१ रुपैयाँ, जगेडा कोषमा पाँच करोड २७ लाख ६० हजार सात सय ८७ रुपैयाँ रहेको अध्यक्ष चुकेले बताउनुभयो । संस्थाको अन्य कोषमा एक करोड ३७ लाख ३० हजार छ सय १२ रुपैयाँ, कर्जा सुरक्षण कोषमा एक करोड ४७ लाख ७५ हजार पाँच सय रुपैयाँ तथा संस्थाको जम्मा सम्पत्ती ४२ करोड १९ लाख ६८ हजार सात सय ३७ रुपैयाँ पुगेको चुकेको भनाइ छ ।
आज सम्पन्न साधारणसभाको प्रमुख अतिथिको रुपमा नेफ्स्कुनको लेखा समिति संयोजक इन्द्रराजज्योति पौडेल रहनुभएको थियो । पौडेलले सहकारी नीति, विधि र प्रविधिमा सञ्चालित हुनुपर्ने बताउनुभयो । आर्थिक अवस्था पारदर्शी राख्ने सहकारी संस्थाहरु कहिल्यै पनि नडुब्ने भन्दै उहाँले सदस्यहरुले आफूले जम्मा गरेको बचतको लगानी कहाँ भएको छ, ऋण कस्ता अवस्थामा छ भन्ने विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
साधारणसभाका क्रममा सचिव मदन पौडेलले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मनोजकुमार अग्रवालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक गणेश अधिकारीले लेखा सुपरीवेक्षणको समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाका क्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने सदस्य तथा कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।
एभरेष्ट साकोस : पच्चीस सदस्यबाट सत्र वर्षमा बत्तीस सय पुगे
एभरेष्ट साकोस : पच्चीस सदस्यबाट सत्र वर्षमा बत्तीस सय पुगे

तपाईको प्रतिक्रिया