• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

नवलपुर धेरै सम्भावना बोकेको जिल्ला हो : मन्त्री बस्याल

नवलपुर, ६ मंसिर । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ ।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवलाई आज सम्बोधन गर्दै उहाँले कृषि, पर्यटन र उद्योगको सवालमा नवलपुरले धेरै सम्भावना बोकेको बताउनुभयो । “यस जिल्लाले कृषि, पर्यटन, उद्योगको सवालमा धेरै सम्भावना बोकेको छ । उद्योगमा के गर्न सकिन्छ, भएका उद्योगहरुलाई कसरी स्थायीत्व दिन सकिन्छ, कृषि उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ, पर्यटनलाई कसरी उजागर गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भीर छौँ” उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटनमा आकर्षण गर्न गैँडाकोट मौलाकालिका मन्दिरबाट नवलपुरकै अग्लो डाँडो देवचुली, बरचुलीहुँदै पाल्पाको सिमभञ्ज्याङसम्म ट्रेकिङ रोड बनाउने कल्पना गरेका छौँ ।”
नवलपुरलाई पश्चिम पारेर बगेको नारायणी नदी किनारमा होमस्टे (घरबास) तथा उद्योग खुल्ने क्रम बढेको भन्दै उहाँले घरबास र उद्योगको राम्रो सम्भावना भएको बताउनुभयो । यस जिल्लाको समग्र सम्भावनालाई केलाएर गण्डकी प्रदेशलाई सबैभन्दा छुट्टै प्रदेशको पहिचान दिनुपर्ने भन्दै मन्त्री बस्यालले त्यसका लागि नवलपुरले ठूलो योगदान राख्ने बताउनुभयो । “कृषि, उद्योग पर्यटनमा अरु जिल्ला भन्दा अगाडि र सम्भावना भएको ठाउँ नवलपुर हो” उहाँले भन्नुभयो, “नवलपुरलाई गण्डकी प्रदेशको हब बनाएर देशमै पहिचान गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।”
बाइट… मित्रलाल बस्याल, उद्योग तथा पर्यटन मन्त्री, गण्डकी प्रदेश
महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य समहांघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज बिहीबार करिब नौ हजार दर्शकले अवलोकन गरेका बताउनुभयो । कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपटक नेपालमै पहिलोपटक अण्डर वाटर फिस टनेल निर्माण गरिएको उहाँले बताउनुभयो ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज सांस्कृतिक कार्यक्रममा बद्रि पङ्गेनी, रुपा घर्ती मगर, दिपक गरौजा, बन्दना विश्वकर्मा लगायतले प्रस्तुती राखेका थिए । कार्यक्रममा भोलि शुक्रबार एन्जीला रेग्मी, अस्मी थापा, बबिता गुरुङ, बेद श्रेष्ठ, नारायण बिपि परियार, विन्दु थापालगायतको प्रस्तुती रहने लम्सालले बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको हो ।

बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.