नवलपुर, ११ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी परेका छन् । शनिबार साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।
जङ्गली च्याउ खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसि शाहले जानकारी दिनुभयो । धनमायाले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका परिवारका पाँचै जना घाइते भएका र उनीहरुको अवस्था मध्यम रहेको शाहले जानकारी दिनुभयो । घाइतेहरुको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको शाहले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
नवलपुरमा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी
नवलपुरमा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी

तपाईको प्रतिक्रिया