• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ७. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

स्थलगत ‘रिपोर्ट’: तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

चितवन, १५ असोजः केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।

नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यस अघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगरपालिका–१ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्याङ्क सबैभन्दा धेरै हो ।

सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु प¥यो ।  नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न पाएन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार भरतपुरको वडा नं १, ३, १६, १७, २६, २७ र २८ का केही ठाउँहरुमा बाढी पसेर डुबान भएको थियो । नदीले ५१५ घर डुबानमा परेको र एक हजार ४१० जनालाई एक रातका लागि सुरक्षित ठाउँमा सार्नुपरेको उहाँले जानकारी दिनुभयो । डुबानमा परेर विस्थापित उनीहरु घर फर्किसकेका छन् । नदीले नारायणगढ बजार नजिक समुन्द्री किनार (विच मोडल)का रुपमा विकास गरिरहेको ठाउँमा क्षति पु¥याएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले बनाएको मूल संरचनामा क्षति पुगेको छैन । माटो पुरेर ‘मोज्याक टायल’ लगाइएको पैदल मार्ग बगाएको छ ।

भरतपुर महानगरपालिका–२६ भगडीकी पार्वती पौडेल तटबन्धनले बचाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तटबन्ध नभएको भए हाम्रो बस्ती डुबिसकेको हुन्थ्यो ।” पछिल्ला वर्षहरुमा तटबन्धका कारण बस्ती जोगिएको उहाँको भनाइ छ । वडा नं २६ हिरापुरस्थित नारायणी किनारमा भेटिनुभएका वडाअध्यक्ष ज्ञानप्रसाद खनाल तटबन्धनका कारण पश्चिम चितवन जोगिएको बताउनुहुन्छ । आफ्नो वडाको हिरापुरमा छिरेको नारायणीको पानीको कारण ३० घर डुबानमा परे पनि दुई दिनमै सुकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु घर फर्किसक्नुभएको छ । तटबन्धन नभएको भए हाम्रो वडा सखाप हुन्थ्यो ।”

वडा नं २६ सँगै २७, २८ पूर्ण प्रभावित हुने खनाल बताउनुहुन्छ । वडा नं २८ का अध्यक्ष दण्डपानी रिजालले नारायणी नदी उर्लिएको भए पनि तटबन्धले जोगाएको बताउनुभयो । पुरानो तटबन्ध भत्काएर सिसवार नजिकै बस्तीमा पानी पसे पनि रोक्न सकिएको रिजालको भनाइ छ ।  वडा नं १६ मा दुई सय घर बाढीबाट प्रभावित भएको वडाअध्यक्ष अमृत हमालले जानकारी दिनुभयो । झन्झने, गुम्बाचौर र सिद्धिगणेश सामुदायिक वन क्षेत्रबाट नदी पसेको उहाँले बताउनुभयो । यी क्षेत्रमा तटबन्ध गर्न बाँकी छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्साल तटबन्ध नगरिएका क्षेत्रबाट बस्तीमा बाढी पसेको बताउनुहुन्छ । वडा नं २८ र वडा नं २७ को दुई ठाउँमा १० वर्षअघि बनाइएका तटबन्ध बाढीले खोतलेको भए पनि अहिले नयाँ तटबन्धमा सामान्य समस्याबाहेक नदेखिएको उहाँले बताउनुभयो । लम्सालले भन्नुभयो, “कम्तीमा थप तीन किलोमिटर क्षेत्र तत्काल तटबन्ध गर्नुपर्ने देखिएको छ ।”

नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी रु चार अर्ब ७२ करोडमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ । चितवनतर्फका सबै ठाउँमा तटबन्ध लगाउँदा रु दुई अर्ब बजेट थप आवश्यक पर्ने लम्सालको भनाइ छ ।

भरतपुर महानगरतर्फ मात्रै तटबन्धनका लागि रु २६ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताउनुहुन्छ । डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झन्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ । ती ठाउँका लागि पहल भइरहेको छ ।”

भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर बनाएको पैदल मार्गमा केही क्षति पुगेको नगर प्रमुख दाहालले जानकारी दिनुभयो । दुई संस्थाले रु ९० लाख लागतमा पैदल मार्ग बनाएका थिए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी तटीय सबै क्षेत्रमा तटबन्धको आवश्यकता देखिएको बताउनुभयो । नारायणगढस्थित नारायणी नदी किनारका मुख्य संरचनामा क्षति नभएको र खाल्टो परेको ठाउँमा मर्मत गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले थाहा पाएपछिको ठूलो बाढी आयो तर जनधनको क्षति हुन पाएन ।”

मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.