• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

राष्ट्रपति भण्डारीले पनि ओलीलाई साथ नदिने येस्तो कारण

नेपाल कम्युनिस्ट पार्टीको विभाजनको घटनाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विवादमा तानेको छ । उनीमाथि नेकपा विवादको बखत नै कुनै एक पक्षलाई साथ दिएर काम गरिरहेको आरोप लाग्दै आएको थियो । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट असफल पार्न राष्ट्रपतिमाथि सक्रियता देखाएको आरोप लागेको थियो ।

५ पौषमा प्रतिनिधिसभा बिघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको निर्णयबाट भएको सिफारिशलाई राष्ट्रपति भण्डारीले एक घन्टामै सदर गरेकी थिइन् । उनले विगतमा पनि ओली क्याबिनेटले ल्याएको अध्यादेश सदर गर्ने र पुनः फिर्ता गर्ने निर्णयलाई सदर गर्ने कदम चालेकी थिइन् ।

भण्डारीले प्रतिनिधिसभा बिघटनको सिफारिशलाई कुनै छलफल नै नगरी सदर गर्नुका पछाडि उनीमाथि समेत नेकपाको प्रचण्ड र माधवकुमार नेपाल समूहले महाभियोग लगाउन खोजेको आशंका पनि कारण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकटस्थहरु स्वयंले राष्ट्रपतिमाथि महाभियोग लगाउन खोजेको विषय उठाउँदै आएका छन् ।

संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लानका लागि विशेष अधिवेशन डाक्न राष्ट्रपतिसमक्ष प्रस्ताव पनि गएको थियो । तर, त्यसलाई राष्ट्रपति कार्यालयमा दर्ताका लागि अलमल गरिएको थियो । दर्ता गर्न पुगेका नेकपा नेता भीम रावल र प्रधानमन्त्री ओलीबीच भनाभन नै भएको थियो । तर, पछि विशेष अधिवेशन बोलाउने प्रस्ताव दर्ता फिर्ता र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको थियो । जुन पालना भएन ।

यी घटनाक्रम विकास भएपछि सडकमा नेकपाकै प्रचण्ड र ओली समूहका कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीविरुद्ध नारावाजी गर्न थालेका छन् । यसप्रति ओली समूह गम्भीर भएको छ । राष्ट्रपतिमाथि निरन्तरको आलोचनाको ओली पक्षले सामना गर्दै आएको छ । तर, राष्ट्रपति भण्डारी मौन छिन् । उनको मौनता अझै तोडिएको छैन ।

पूर्व राष्ट्रपति डा. रामवरण यादव देखि पूर्व प्रधानन्यायधीशहश्र मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्की समेत प्रतिनिधिसभा बिघटनको विषयमा बोलिसकेका छन् । उनीहरुले यसलाई असंवैधानिक कदम भनेका छन् । यसले झन् राष्ट्रपति भण्डारीको कदम अलोकप्रीय बनाएको छ । यद्यपि, भण्डारीले अझै मुख फोरेकी छैनन् । उनले सल्लाहकार र निकटस्थहरुसँग यसबारे छलफल गर्दै आएकी छिन् ।

अर्कोतर्फ, राष्ट्रपति भण्डारीलाई भेट्न चिनियाँ राजदूत होउ यान्छी बेला बेलामा शितलनिवास पुग्ने गरेको विषय आउने गरेको छ । चीनबाट नेपाल आएको विदेश विभागका उपमन्त्री गुओ यचौले पनि भण्डारीलाई भेटेका थिए । यसरी नेकपा विवादबारे केन्द्रित भएर कुरा गर्न चिनियाँ टोली राष्ट्रपति भण्डारीसम्म पुगेको थियो । यसले पनि उनको भूमिकामाथि आलोचकहरुले प्रश्न उठाउँदै आएका छन् । तर, भण्डारीले यसबीच मौनता साँधेरै भुमिका बढाउँदै लगेकी छिन् ।

सोमबार, पुष २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.