• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय


घोराही (दाङ), ८ असोजः सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो ।

जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे । कक्षा १० मा अध्ययनरत छात्रा काजल पुनमगर कपासबाट बत्ती कात्ने, दुनाटपरी र थे्रडिङ गर्ने सीप सिक्न पाउँदा खुसी व्यक्त गर्छिन् । बत्ती विभिन्न चाडपर्वका बेलामा बाल्न प्रयोग हुने हुँदा यो सीप अति नै महत्तवपूर्ण रहेको उनी बताउँछिन् । परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षानुसार विभिन्न सीप सिक्दै आएका छौँ, जसमा तीनसुते, पाँचसुते, सातसुते र नौसुते बत्ती कात्न विद्यालयकै शिक्षिकाले सिकाउने गरेको उनको भनाइ छ । विद्यालयमा किताबी ज्ञानमात्र आर्जन गर्नुभन्दा व्यवहारिक सीप पनि उत्तिकै जीवनोपयोगी हुन्छ ।

बजारबाट निर्माण गरेका बत्ती, दुनाटपरी प्रयोग गर्ने भएको हुँदा अब आफैँले सिकेको ज्ञानलाई दैनिक घरमा प्रयोगमा ल्याउने कक्षा ८ मा अध्ययनरत विद्यार्थी सङ्गीता शर्मा बताउँछिन् । यस्तै थे्रडिङ गर्ने सीप पनि अहिले सिकियो भने भोलिका दिनमा व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुने उनको धारणा छ । “पढेर मात्र नहुने हुँदा घरायसी काम काज पनि जान्न र सिक्ने अवसर पाएपछि जीवन जिउन धेरै सहयोग पुग्छ”, विद्यार्थी भन्छन् । विद्यालयमा नियमित पढाइसँगै हरेक महिनाको दुईवटा शुक्रवार विभिन्न सीपयुक्त कार्यमा सहभागी हुँदै आएको उनीहरू बताउँछन् । कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी दुर्गा रोका आफूलाई मन पर्ने ब्यूटीसिएन भएको हुँदा अहिले थ्रेडिङ गर्ने सीप विद्यालयमै सिक्दै आएको र धेरै कुरा आफूले सिकिसकेको उनको भनाइ छ ।

विद्यार्थीलाई जीवनोपयोगी सीपअन्तर्गत विभिन्न सीप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बताउनुभयो । विसं २०८१ मा विद्यालयको शैक्षिक क्यालेण्डरमै समावेश गरेर प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबारका दिन विद्यार्थीलाई सीप सिकाउन थालिएको छ । जसलाई (बुक फ्रिडे)का रूपमा लिइएको छ । विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक रहेको हुँदा यो अभियान सुरु गरेको उहाँको भनाइ छ । विद्यार्थी पनि निकै उत्साहित भएर सहभागी हुने गरेका छन् । सीप भएका शिक्षक र शिक्षिकाले विद्यार्थीलाई समूह बनाएर विद्यालयमै सीप सिकाउने गरेका छन् ।

पढ्न–लेख्ने जान्ने तर घरायसी काम नजान्ने समस्या छ । पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नुपर्छ, सीप सिक्नुपर्छ भन्ने मान्यताका साथ सीप सिकाइलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । पछिल्लो समय बत्ती कात्ने, दुना टपरी बनाउनेजस्ता सीप पुस्तान्तरण नहुँदा समस्या हुने गरेको हुँदा यसले व्यक्ति, परिवार, समुदायलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । त्यस्तै अभिभावले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकेको र त्यसलाई घरमा पनि लागू गरेकामा खुसी व्यक्त गर्ने गरेको उहाँले बताउनुभयो । विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ । घोराही उपमहानगरापलिका सामाजिक विकास महाशाखाले चालु शैक्षिक वर्षदेखि महिनामा एक शुक्रबार नगरभित्रका विद्यालयमा बुक फ्रिडे बनाई विद्यार्थीलाई सीप सिकाउन आग्रह गरेअनुसार सरस्वती माविले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.