• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

निर्माण भएर पनि सञ्चालनमा आएन आधारभूत अस्पताल

नवलपुर (नवलपरासी), ३२ साउन :- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा सुविधा सम्पन्न आधारभूत अस्पताल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन ।

विसं २०७८ असारमा माउन्टेन इन्फ्रा प्रालि काठमाडौँसँग सम्झौता भएर रु १५ करोड ३२ लाखमा आधारभूत अस्पतालको तीन तले भवन निर्माण गरिएको बौदिकाली गाउँपालिकाका सब इन्जिनियर विजय कँडेलले जानकारी दिनुभयो । अशक्त बिरामीका लागि एवम् अपाङ्गमैत्री भवन निर्माणका लागि ¥यामसहित लिफ्टसमेत राखेर निर्माण गरिएको अस्पतालको भवन एक हजार एक सय २१ दशमलव ८२ वर्ग मिटर क्षेत्रफलमा रहेको कँडेलले बताउनुभयो । निर्माण व्यवसायीले अस्पतालको मुख्य भवनसहित सुरक्षा गार्ड भवन, मर्चरी ब्लक, क्यान्टिन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरेको उहाँले बताउनुभयो ।

भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताउनुभयो । “अस्पताल भवन निर्माण गरेको व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ” उहाँले भन्नुभयो, “काम सम्पन्न भएपछि फाइनल बिलको टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ ।” मन्त्रालयले बजेट विनियोजन गरेर पठाएपछि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्नेछौँ ।

निर्माण व्यवसायीले रकम लिनुपर्ने बाँकी भए पनि निर्माण सकिएको नयाँ भवनमा अस्पताल सञ्चालन गर्नका लागि मौखिक स्वीकृति दिएको बस्नेतको भनाइ छ । “उहाँहरुले हामीलाई अस्पताल चलाउनु, मन्त्रालयबाट पैसा आएपछि भुक्तानी गर्नुहोला भनेर भन्नुभएको छ” बस्नेतले भन्नुभयो, “अस्पतालमा थ्री फेस वायरिङ गरिएको छ, यहाँ थ्री फेसको लाइन छैन त्यसैले अनुमति पाएर पनि अस्पताल सञ्चालन गर्न सकेका छैनौँ ।” थ्री फेस लाइन जडानका लागि नेपाल विद्युत् प्राधिकरण पोखरा शाखामा निवेदन दिएर सर्भे भइसकेको भन्दै उहाँले लाइन जडान भए पछि अस्पताल सञ्चालन गरिने जानकारी दिनुभयो ।

“थ्री फेसको लाइन कालीगण्डकी करिडोरमा विस्तार भएको छ, हाम्रो अस्पताल करिडोरबाट करिब सात सय मिटर दक्षिणमा बनेको छ” उहाँले भन्नुभयो, “करिडोरबाट थ्री फेस लाइनको तार तानेर लाइन जडान गरेपछि अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।” थ्री फेस लाइनका लागि अस्पतालमा २०० केभीए को ट्रान्सफर्मरसमेत जडान भइसकेको उहाँले बताउनुभयो । यहाँ अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यताको अन्त्य हुने बस्नेतले बताउनुभयो ।

शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • २.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.