गैंडाकोट – गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटले मौलिक तिजगित तथा दरखाने कार्यक्रमको आयोजना गर्ने।
गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटको दोस्रो वैठक संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता आज गैडाकोट ५ स्थित गैडाकोट रिसोर्टमा वस्यो।
आजको वैठकवाट हरितालिका तिज २०८१ को पावन अवसर पारेर मौलिक सांस्कृतिक तिजगित तथा दरखाने कार्यक्रम आउदो भाद्र १२ गते वुधवार विहान १० वजे गैडाकोट ९ स्थित वौद्ध गुम्वामा आयोजना गरिने सचिव ईश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा उपस्थित हुन सवै गुल्मेली र अर्घाखाँचेली दिदिवहिनी दाजुभाइहरूलाई अपिल समेत गरिएको छ।
उक्त कार्यक्रम सम्पन्न गर्न अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा एक आयोजक समिति वनाईएको सचिव ईश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो। संस्थाले आफ्नो समाज र समग्र गैडाकोटको हितमा कार्य गर्दै अगाडी वढने वैठकका जानकारी गराईएको थियो।